म्याग्दी । राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान म्याग्दीले नयाँ वर्ष २०७८ को अवसरमा लोक सांस्कृतिक उत्सव गर्ने भएको छ । ‘हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ नाराका साथ उत्सव आयोजना गर्न लागेको हो । प्रतिष्ठानले शुक्रबार बेनीमा पत्रकार सम्मेलन गरी वैशाख १ देखि ३ गतेसम्म सञ्चालन हुने उत्सवबारे जानकारी गराएको छ ।
कोरोनाकाले विथोलिएको सांस्कृतिक कार्यक्रमलाई पुरानै लयमा फर्काउने र जिल्लाका नयाँ प्रतिभा पहिचान गर्ने उद्देश्यले उत्सवको आयोजना गरिएको प्रतिष्ठानका जिल्ला अध्यक्ष एवं कार्यक्रमका मूल संयोजक देवेन्द्रबहादुर घिमिरेले जानकारी दिए ।
उत्सवमा पालिकास्तरीय लोकदोरी गीत प्रतियोगिता र खुला एकल लोक नृत्य प्रतियोगिता राखिएको प्रतिष्ठान गण्डकी प्रदेश कमिटीका संगठन विभाग सदस्य तथा कार्यक्रम संयोजक अमीत विश्वकर्माले जानकारी दिए । लोकदोहोरीमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ । उत्कृष्ट गायक र गायिकालाई समान ३ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । खुला एकल लोकदोहोरी प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश १० हजार, ७ हजार र ४ हजार रुपैयाँ प्रदान गरिनेछ ।
यसैबीच प्रतिष्ठानका पूर्व अध्यक्षहरुसहित लोकदोहोरी क्षेत्रमा योगदान पुर्याएका कलाकारलाई सम्मान गरिने प्रतिष्ठानका सचिव पदम विश्वकर्माले बताए । जातजातिका झाँकी प्रदर्शनसहित सुरु हुने उत्सवमा चर्चित कलाकारहरुको सांगीतिक प्रस्तुतिका साथै हाँस्यव्यंग्य र विविध सांकृतिक कार्यक्रम राखिएको सचिव विश्वकर्माले बताए ।
उत्सवबाट बचत हुने रकमबाट जिल्लामा कलाकार लोककल्याणकारी कोष गरिने उनले बताए । उत्सव सञ्चालनमा करिब १० लाख खर्च हुने आयोजकको अनुमान छ ।
कोष स्थापनाका लागि प्रतिष्ठानका सल्लाहकार अग्रज गायिका धनकुमारी थापाले ३० हजार ५५ रुपैयाँ र लोक दोहोरी गायक एवं प्रतिष्ठान गण्डकी प्रदेशका पूर्व सह अध्यक्ष राजेन्द्र सापकोटाले रोयल खाद्य स्टोर्सका तर्फबाट २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
प्रतिष्ठानका अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा सचिव पदम विश्वकर्मा, म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जविनबहादुर विश्वकर्मा र पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्मा लगायतले उत्सवले लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री
नवलपुरमा २५ सय हेक्टर वन सखाप
गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने
अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !
कामचलाउ सरकारको आयु लम्बियो
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१