बाग्लुङ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर १ मा तीन दर्जन कम्युनिस्ट कार्यकर्ता स्वतस्फूर्त रुपमा आफू समर्थित विभिन्न दल परित्याग गरि नेपाली काँग्रेस प्रवेश गरेका छन।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा आस्थावान अगुवा महिला तथा पुरुषहरू गरी करिब ३६ जना नेपाली काँग्रेस प्रवेश गरी साधारण सदस्यता बितरण गरेको नेपाली काँग्रेस क्षेत्रीय समितीले जनाएको छ।
नेपाली काँग्रेस ढोरपाटन नगर समिती द्वारा आयोजित उक्त कार्यक्रमको सभापतित्व नगर संयोजक शालिकराम शर्मा,प्रमुख आतिथ्यता क्षेत्रीय सभापति दोर्ण कुमार कुँवर,बिशिस्ट आतिथ्यता महाधिवेशन प्रतिनिधि युवा नेता जित बहादुर शेरचन साथै महाधिवेशन प्रतिनिधि सोम बहादुर पौंबी(यामु) लगाएत अन्य स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।
कार्यक्रममा नव प्रवेशी हेम प्रसाद बिक(हेमु),थमन बिक,कृष्ण पतेल(ओखरबोटे) लगाएतले साँच्चिकै राष्ट्र परिवर्तनको संवाहक काँग्रेस मात्रै भएकाले अविचलित भएर पार्टीमा योगदान गर्ने प्रतिबद्धता ब्याक्त गर्दै कुनै पनि प्रलोभनमा नपरी पार्टिमा योगदान गर्न र बाँकी रहेका साथिहरुलाई समेत चारतारे झण्डा र रुखको छहारी मुनि एकताबद्व हुन अपिल गर्दै आफ्नो मन्तव्य समेत राखेका थिए।
कार्यक्रममा बोल्दै युवा नेता जित शेरचनले समतामूलक समाज निर्माणका लागि काँग्रेस मात्रै निर्विकल्प शक्ति भएकाले कसैको करकाप र धाक धम्कीमा नपरी आफ्नो स्वाभिमान लाई जोगाउँदै समाज परिवर्तनको लागि आ-आफ्नो स्थान बाट योगदान गर्न अपिल गरेका थिए।त्यस्तै क्षेत्रीय सभापति दोर्ण कुमार कुँवरले स्थानीय सरकार कमिसनको खेलमा लाग्दा यस क्षेत्रको खानेपानी बाटो घाटो लगाएत अन्य थुप्रै समस्याहरु जहाँको त्यहीँ रहेकाले त्यसको बारेमा काँग्रेसले आवाज उठाउने प्रतिबद्धता समेत ब्याक्त गरेका थिए।
Related News
सम्बन्धित समाचार
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
hero news full width
मुख्य समाचार
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१