काठमाडौं । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका खोल्सीस्थित सडकमा महिलालाई जिउँदै खाल्डोमा हालेर पुरेको आरोपमा प्रहरीले एक स्काभेटरका चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको छत्रेश्वरी गाउँपालिका– ६ बस्ने २२ वर्षका जीवन भन्ने भीमबहादुर बुढाथोकी रहेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइवी० ले जनाएको छ ।
काम गर्ने क्रममा स्काभेटरले ठक्कर दिएपछि नजिकै रहेको खाल्डोमा पुरेर भागेका उनलाई कञ्चनपुरथित नेपालभारतको सीमा क्षेत्र गड्डा चौकीबाट पक्राउ गरिएको सिआइवीका निर्देशक प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले बताउनुभयो । आज काठमाडौँमा पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरिएको छ । गएको फागुन १७ गते सडक मर्मत गर्ने क्रममा सोही ठाउँ बस्ने वर्ष ४० की सरस्वती कुमाललाई ठक्कर दिएपछि जिउँदै खोल्डोमा हालेर पुरिएको थियो ।
स्काभेटरको सहयोगमा प्रहरी र स्थानीयले खाल्डोबाट उनको शव निकालेका थिए । आक्रोसित स्थानीयले सोही बेला स्काभेटरसमेत जलाएका थिए । उक्त घटनापछि बुढाथोकी फरार थिए । उक्त घटनाको श्रव्यदृश्य समाजिक सञ्जालमा भाइरल बनेको थियो । भागेर भारत गएकाले तत्कालै पक्राउ गर्न सकिएको थिएन । उनी एक पटक नेपालगञ्ज आएको बेलामा पिछा गरेपनि प्रहरीको हातबाट फुत्किएको थापाले बताउनुभयो । त्यसपछि भागेर भारत जाने क्रममा कञ्चनुपुरस्थित सीमा क्षेत्रबाट पक्राउ गरिएको थापाले बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
डिपेन्डेन्ट भिसामा युके लैजान्छु भनी ठगी आरोपमा पक्राउ
विद्यार्थीलाई यौन दुव्र्यवहार आरोपमा शिक्षक पक्राउ
डेढ करोड ठगेर ललित फरार
सामाजिक सञ्जालबाट पोखरामा ५७ लाख लुटियो
किशोरी बिक्री गर्न खोज्ने फन्दामा
hero news full width
मुख्य समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१