दमौली । डुम्रे बजारबाट करिब ५ किलोमिटर टाढा छ कल्चोक गाउँ । बन्दीपुर गाउँपालिका ८ मा पर्ने उक्त गाउँलाई डुम्रे बजारले खिज्याइरहको छ । पृथ्वीराजमार्गमा हुइँकिने गाडीको चमकधम पनि गाउँमा परेको छैन । आधुनिक युवा नागबेली बाटो हुँदै गाउँसम्म पु¥याउँछन् केही मोटरसाइकल ।
गाउँमा के दलित, के गैरदलित, सबैको आर्थिक अवस्था नाजुक छ । अभिभावक आफ्ना बालबालिकालाई वर्षभरि पुग्ने शैक्षिक सामग्री जोहो गर्न नसक्ने विवशतामा छन् । सोही गाउँमा छ गरिब बालबालिका पढ्ने जलदेवी आधारभूत विद्यालय ।
यस्ता अवस्थाका तिनै विद्यार्थीलाई बिहीबार बन्दीपुर सहयोगी हातहरु नामक संस्थाले शैक्षिक सामग्री वितरण गरेको छ ।
विद्यार्थीलाई वर्षभरि नै पुग्ने गरी झोला, कापी, कलम वितरण छ । संस्थाका सचिव मनलता अधिकारीका अनुसार बाल विकास कक्षादेखि कक्षा ५ सम्म अध्ययन गर्ने ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको हो । शैक्षिक सामग्री पाउँदा विद्यार्थी पनि दंग देखिन्थे । दलित, जेहेन्दार तथा अति विपन्न परिवारका बालबालिकालाई पनि अन्य बालबालिका सरह शिक्षाको पहुँचमा पु¥याउन शैक्षिक सामग्री वितरण गरिएको सहयोगी संस्थाका अध्यक्ष मथुरा पियाले बताए ।
बन्दीपुर घर भई विभिन्न पेसा व्यवसाय गरी काठमाडौं बसेकाहरु मिलेर संस्था सञ्चालन गरिएको सहसचिव विमल भटराईले जानकारी दिए । संस्थाको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उद्देश्य रहेको उनले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुरसिंङ थापाले संस्थाले गरेको सहयोग जेहेन्दार बालबालिकाका लागि महत्वपूर्ण भएको भन्दै खुसी व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
बर्दिया पोखरा सम्पर्क समाजकाे भित्रेपात्रो विमोचन
माछा मार्न गएका युवकको ६ दिनपछि शव फेला
काभ्रेका ३३ जङ्गलमा डढेलो, काँक्रेमा नियन्त्रण बाहिर
बिस्केट जात्राको रथ तान्दा १९ घाइते
सुनचाँदी व्यवसायीको गोली हानी हत्या
hero news full width
मुख्य समाचार
मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
पर्वतका आगलागी पीडितलाई मन्त्रीले बाँढे राहत
चैत्र २९, २०७७गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
चैत्र २९, २०७७संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस
चैत्र २८, २०७७सभापतिबाहेक अरु पदमा उठ्दिनँ : डा शेखर कोइराला
चैत्र २८, २०७७आहारारा गोल्ड कप संकटालाई
चैत्र २८, २०७७