दमौली । दमौली बजार क्षेत्रमा अव्यवस्थित टाँगिएका तारका कारण बजार क्षेत्रमा जोखिम बढेको छ । सुरक्षा हिसाबले संवेदनशील रहे पनि सरोकारवालाले चासो नदिँदा जोखिमसँगै सुन्दरतामा ह्रास हुँदै गएको छ ।
बजार क्षेत्रका बिजुलीका प्रत्येक पोलमा टेलिफोन, इन्टरनेट, बिजुलीको तारको चाङ देखिन्छ । एकै ठाउँमा टाँगिदा सबै खालका तार बटारिएका छन् । कैंयौँ बिजुलीका पोल पुराना भइसकेकाले तारको भार थाम्न नसकेर ढल्ने अवस्थामा पुगेका छन् ।
गुजुल्टिएका तारका कारण कुनै बेला दुर्घटना निम्तिन सक्ने खतरा रहेको स्थानीय युवा व्यवसायी कविराज श्रेष्ठले बताए । बजार क्षेत्रको मुख्य चोकका पोलमा जोखिमपूर्ण अवस्थामा बिजुली, इन्टरनेट र टेलिफोनका तार भेटिन्छन् । तर व्यवस्थापनमा ध्यान नपुर्याउँदा सम्भावित दुर्घटनाको जोखिम मोल्नुपर्ने निश्चित छ । खासगरी भूकम्प, आगलागी, हावाहुरी जस्ता प्राकृतिक विपतमा झनै जोखिम हुने गरेको स्थानीयको गुनासो छ । गर्मीयाम बढ्दै गएको छ । हावाहुरी चल्दा पनि उस्तै डर छ ।
‘पोलमा तारहरू यसरी बटारिएका छन् कि बिजुली सट हुनेवित्तिकै सबै सखाप हुने स्थिति छ,’ स्थानीय व्यवसायी सरोज भण्डारीले बताए ।
विद्युत् प्राधिकरणका कर्मचारीलाई पनि कुन सेवाग्राहीको कुन तार हो भन्ने छुट्याउन मुस्किल हुने गरेको छ । टेलिफोनमा समस्या आउँदा पनि प्राविधिकलाई पनि काम गर्न समस्या हुने गरेका भण्डारीले बताए ।
‘टाँगिएको होचा तार ठूला मालबाहक सवारीसाधनले चुँडाउने र लाइन सट जोखिम उत्तिकै बढेको छ । यसबारेमा न त बिजुली अफिसले हेर्छ, न त टेलिकमले । इन्टरनेट प्रदायक कम्पनीले नै । कतिबेला कसको धनजनको क्षति हुने हो, टुङ्गो छैन,’ भण्डारीले भने ।
यता, नेपाल विद्युत् प्राधिकरण लमहीका प्राविधिक प्रमुख इन्जिनियर कपिल पाण्डेले बिजुलीको पोलमा बाहिरी तारले गर्दा जोखिम बढेको बताउँछन् । उनले भने, ‘बिजुलीको तार बाहेक बाहिरी तारले जोखिम बढेको छ । तार व्यवस्थापन गर्न सबैको समन्वयको आवश्यकता रहेको छ ।’
व्यास नगरपालिका भने दमौली बजारलाई स्मार्ट सिटी बनाउने लक्ष्य राखेको छ । तर अव्यवस्थित तारले बजारलाई कुरुप बनाएको छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेले अव्यवस्थित तार अन्डरग्राउन्ड गर्न लागिएको बताउँछन् । ‘कोभिडभन्दा अगाडि नै हामीले तार व्यवस्थापन थालेका थियौं । कोभिडले गर्दा रोकिएको हो,’ उनले भने, ‘अब छिट्टै अव्यवस्थित तार व्यवस्थापन हुन्छ ।’
Related News
सम्बन्धित समाचार
पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला
हिसान गण्डकी फुटसल सुरु
गायिका समीक्षा अधिकारी सम्मानित
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
hero news full width
मुख्य समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१