पाेखरा, ३ चैत । किशोर उमेरमा एसएलसीमा सम्मिलित भएका विद्यार्थीहरुबीच २८ वर्षपछि पुनःर्मिलन भएको छ ।
पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित भवानी मावि, कुसुमखोलाबाट २०४९ सालको एसएलसी व्याचका विद्यार्थीहरुको बुटवलमा पुनःर्मिलन भएको हो ।
१७ जना उपस्थित भूपू विद्यार्थीहरुको भेलाले कमलप्रसाद नेपालको संयोजकत्वमा भवानी मावि–२०४९ एसएलसी समूह समन्वय समिति गठन गरेको छ ।
समिति सहसंयोजक सरस्वती पराजुली, सचिव डाजेन्द्रप्रसाद नेपाल, कोषाध्यक्ष विमलप्रसाद आचार्य र सहसचिव मञ्जु कुँवर चयन भए ।
सदस्यमा तुलसा थापा, शोभा आचार्य, शंकर ज्ञवाली, मनोज नेपाल, मीनप्रसाद पराजुली, मुकुन्द नेपाल, वोधराज आचार्य, रेखा कार्की कुँवर, कमला लामटाङ्गे, श्रीधर नेपाल, मथुरा पराजुली र सञ्जय आचार्य चयन भए ।
बुटवलस्थित सिद्धार्थ कलेजमा फागुन २८ मा भएको पुनःर्मिलनमा रुपन्देही अलावा पाल्पा, कपिलबस्तु, काठमाडौं लगायत जिल्लाबाट आएका भूपू विद्यार्थीहरु आपसमा स्कुलेजीवन स्मरण गर्दै पुरानो यादमा रमाए र सेल्फी लिए ।
उनीहरुले आफूले पढेको विद्यालय तथा विद्यार्थीलाई सक्दो सहयोग गर्ने, आपसमा दुःखसुख साटासाट गर्दै नयाँ कार्ययोजना साथ अघि बढ्ने प्रतिबद्धता गरेका छन् ।
भूपू विद्यार्थीहरु स्कुलेजीवन स्मरण गर्दै पुरानो यादमा रमाए र सेल्फी लिए
यसैबीच, समन्वय समितिको पहिलो बैठकले भवानी स्कुलकै पूर्व कार्यालय सहयोगी स्व. तीलबहादुर पुन (कान्छा दाइ) का छोरा नारायणलाई स्वास्थ्य उपचारका लागि ५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको सचिव डाजेन्द्रप्रसाद नेपालले जानकारी दिए । उनका अनुसार समितिको बैठक प्रत्येक ४ महिनामा पायक पर्ने स्थानमा बस्नेछ ।
संयोजक कमलप्रसाद नेपालले पुराना साथीहरुबीच आपसमा खुसी र उमंग सञ्चार भएको बताउँदै ढिलै भए पनि समिति गठन गर्न सकिएकोमा खुसी व्यक्त गरे ।
कोषाध्यक्ष विमलप्रसाद आचार्यले समितिमा कोष वृद्धि गर्दै विविध कार्यक्रम अघि बढाउने बताए ।
भेलामा बोल्ने अन्य भूपू विद्यार्थीहरुले आफ्नो व्याचका थप विद्यार्थी पनि समेट्दै आगामी दिनमा रचनात्मक कार्यक्रम गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कुसुमखोलाबाट आएका सञ्जय आचार्यले भेला आयोजना गरेकोमा साथीलाई धन्यवाद दिए । काठमाडौंबाट उपस्थित शोभा आचार्यले यसप्रकारका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् ।
भवानी स्कुल पश्चिम पाल्पामा त्यसबेलाको चर्चित स्कुल हो ।
Related News
सम्बन्धित समाचार
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
शहीद बहुमुखीको महायज्ञमा झण्डै ४ करोड संकलन
कर संकलन तथा सचेतना अभिवृद्धि तालिम
हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
राष्ट्रपतिद्वारा भगवती जात्रा अवलोकन
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१