पाल्पा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो

आदर्श समाज सम्वाददाता
फागुन २, २०८०
423422263_1112500726563195_3617905478122823227_n

पोखरा। पाल्पा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ । ८ जनाको घटनास्थलमै मृत्यु भएकोमा थप २ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार उपचारका क्रममा पाल्पाको तिनाउ गाउँपालिका २, खुर्सानेकी २० वर्षीया गीता सुनार र पाल्पाको रिब्दीकोट गाउँपालिका १, ख्याहाकी ६६ वर्षीया विष्णुकला कामीको मृत्यु भएको हो ।

दुर्घटनामा पाल्पाको तिनाउ गाउँपालिका वडा ६ की ६० वर्षीया ऐनकुमारी पन्त, सोही ठाउँका ३९ वर्षीय रामबहादुर अस्लामी, वर्ष ६७ का कृष्णबहादुर अस्लामी, २८ वर्षीया उर्मिला अस्लामी, बुटवल १४, तामनगर बस्ने ७० वर्षीय चन्द्र रणपाल, उनकी ६० वर्षीया श्रीमती चूना रणपाल,
६५ वर्षीया दिलकुमारी सुनार र रुपन्देहीको देवदह नगरपालिका ५ की २९ वर्षीया दिलमाया जिसीको मृत्यु भएको छ ।

सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस सिखरडाँडा जाँदै गरेको लु१ज २३७१ नम्बरको जिप तिनाउ गाउँपालिका–६ मस्याममा मंगलबार साँझ दुर्घटना भएको हो ।

घाइतेलाई स्थानीय र प्रहरीले उद्धार गरी लुम्बिनी मेडिकल कलेज प्रभासमा लगेका हुन् । क्षमताभन्दा बढी यात्रु बोकेको जिप कच्ची बाटो तथा घुम्ती र उकालोका कारण करिब ३ सय मिटर तल तल्लो सडकमा खसेर दुर्घटनाग्रस्त भएको हो ।

घाइते १६ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमै उपचार भइरहेको छ । घाइते हुनेमा पाल्पा तिनाउका २० वर्षीय कृष्ण पन्थ, सोही ठाउँकी १९ वर्षीया उमा रासकोटी, १९ वर्षीया शान्ति राना, ९ वर्षीय सौरव पुन, २१ वर्षीया अमृता गहतराज, २८ वर्षीया कमला सुनार, दुर्घटनामै ज्यान गुमाएकी गीता सुनारकी ३६ दिनकी छोरी स्वस्तिका, ४५ वर्षीय तुलबहादुर नेपाली छन् ।

यस्तै, घाइतेहरु पाल्पा रिब्दीकोट ख्याहाकी ६ वर्षीया विद्या सुनार, सोही ठाउँकी ३० वर्षीया रमा सुनार, ६ वर्षीया साया सुनार, ५ वर्षीय आलव सुनार, तानसेन तीन्टीआँपकी ४२ वर्षीया सविता परियार, रुपन्देही देवदहका ९ वर्षीय विवेक जिसी र ६ वर्षीय अस्मित जिसी र रुपन्देहीको कञ्चन गाउँपालिका हरैयाकी ३० वर्षीया भूमि पुन उपचार भइरहेको छ ।

जिप चालक तानसेन १० का ४५ वर्षीय दानबहादुर चिदी प्रहरीको नियन्त्रणमा छन् । दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width