पत्रकार कृष्ण अञ्जानको निधन

आदर्श समाज सम्वाददाता
श्रावण १९, २०८०
krishna anjan

पोखरा । पत्रकार कृष्ण अञ्जानको निधन भएको छ । उनको हृदयघातका कारण शुक्रबार बुटवलमा निधन भएको हो ।

२ दिनअघि उपचारार्थ गुल्मीदेखि बुटवल झरेका उनलाई शुक्रबार अस्पताल नपुग्दै हृदयघात भएको थियो । उनको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।

बुटवल तथा पोखरामा रहेर पत्रकारिता गर्दै आएका उनी आमा यमकलाको २०७८ सालमा निधनपछि आफ्नै घर गुल्मीको थोर्गामा रहेर पत्रकारितामा गर्दै आएका थिए । उनका बाबु भोजराज ज्ञवालीको २०६० सालमा सशस्त्र द्वन्द्वमा तत्कालीन विद्रोही माओवादीको गोली लागेर नृशंस हत्या भएको थियो ।

रुरु क्षेत्र गाउँपालिका–१ का अञ्जानलाई यसअघि सहिद परिवाररुपमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अभिनन्दन गरेका थिए ।

विभिन्न संघसंस्थामा आबद्ध रहेका उनी प्रेस चौतारी लुम्बिनी प्रदेश सदस्य हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width