एमाले लुम्बिनीमा पाल्पाका राधाकृष्ण २ मतअन्तरले निर्वाचित

आदर्श समाज सम्वाददाता
भाद्र २०, २०८०
radha krishna palpa

पोखरा । नेकपा एमाले लुम्बिनी प्रदेशमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी हरिप्रसाद रिजाल (प्यूठान) लाई मात्र २ मत अन्तरले पछि पार्दै कँडेल निर्वाचित भएका हुन् ।

अन्तिम मतगणनामा कँडेलले ४ सय ७९ मत ल्याएका छन् भने रिजालले ४ सय ७७ मत प्राप्त गरेका हुन् । अध्यक्षमा विजयी कंडेल एमाले उपाध्यक्ष विष्णु पौडेल निकट हुन् भने रिजाल महासचिव शंकर पोखरेल निकटका हुन् ।

सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि उनीहरु प्यानलसहित चुनावमा प्रतिस्पर्धा गरेका थिए । पदाधिकारीमा एक उपसचिवबाहेक सबै विष्णु पौडेल पक्षका कंडेल प्यानलकै उम्मेदवारहरु विजयी भएका छन् ।

उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ (रुपन्देही) निर्वाचित भए । सचिवमा लक्ष्मण आचार्य निर्विरोध भएका हुन् । उपसचिव (पुरुषमा रोल्पाका पुर्ण बुढामगर र महिलातर्फ बर्दियाकी लीला राना मगर निर्वाचित भइन् । लेखा आयोग अध्यक्षमा दामोदर घिमिरे चुनिए ।

एक हजार ५ मतदाता रहेको चुनावमा ९६५ मत खसेको थियो ।

मुलुक संघीयतामा गएको ८ वर्षपछि निर्वाचन प्रक्रियामार्फत एमाले लुम्बिनीमा प्रतिनिधि निर्वाचित भएका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width