बेनीमै अस्पतालमा अक्सिजन उत्पादन केन्द्र स्थापना

साधन राम्जाली
फागुन २८, २०७७
beni hospital

????????????????????????????????????

म्याग्दी। बेनी अस्पतालमा अक्सिजन उत्पादन केन्द्र स्थापना गरिएको छ । केन्द्र स्थापना भएपछि अस्पतालको सबै ३० शैश्यामा पाइपबाट अक्सिजन आपूर्ति गराउन थालिएको छ । उत्पादन केन्द्रको गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गरिन् ।

अस्पताल व्यवस्थापन समिति अध्यक्ष बेलबहादुर कटुवालका अनुसार प्रदेश सरकार, संघीय सरकारको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम, रघुगंगा गाउँपालिका र बेनी अस्पतालको आन्तरिक स्रोतबाट १ करोड रुपैयाँको लागतमा केन्द्र स्थापना गरिएको हो । केन्द्रमा उत्पादित अक्सिजन सिधैँ बिरामीको बेडसम्म पुग्ने व्यवस्था मिलाइएको उनले बताए ।
आकस्मिक, मिर्गौला डायलासिस, सघन उपचारकक्ष (आइसियु) र बहिरंग विभागका शैय्यामा अक्सिजन आपूर्ति गराउन पाइपलाइन जडान भएको छ ।

‘१ करोड रुपैयाँको लागतमा केन्द्र स्थापना भएको हो

पाइपबाट शय्यामै अक्सिजन आपूर्ति हुन थालेपछि श्वासप्रश्वास, आइसियुमा राख्नुपर्ने, दम लगायत शल्यक्रिया गर्नुपर्ने बिरामीको उपचारमा सहज भएको अस्पतालका प्रमुख डा जितेन्द्र कँडेलले बताए । अस्पतालमै अक्सिजन उत्पादन केन्द्र स्थापना भएपछि अक्सिजन दिएर राख्नुपर्ने बिरामीका लागि पनि सिलिन्डर भर्न पोखरा जाने समय र खर्चको बचत भएको छ ।
प्रदेश सरकारले चालू आवमा उपलब्ध १० लाख रुपैयाँ बजेटले प्लान्टबाट अस्पतालको शैय्यामै अक्सिजन पु¥याउन पाइपलाइन जडान गरिएको हो । प्लान्टले १ दिनमा १५ वटासम्म सिलिन्डरमा अक्सिजन भर्न सक्ने क्षमता रहेको प्रमुख डा कँडेलले जानकारी दिए । हाल १० वटासम्म सिलिन्डर भर्ने डा कँडेलले बताए । अस्पतालमा अहिले दैनिक २० देखि २५ श्वासप्रश्वास सम्बन्धी समस्या भएका बिरामी आउँछन् । हावालाई प्रशोधन गरेर अक्सिजनलाई सिलिन्डरमा भर्न मिल्ने उपकरण जडान गरिएको छ ।

एक पटकमा ३ सिलिन्डरमा अक्सिजन भर्न सकिन्छ । अक्सिजन उत्पादन केन्द्रको पूर्वाधार निर्माण र औजार खरिद तथा जडान गर्न ६३ लाख खर्च भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटुवालले बताए । उनका अनुसार सामाजिक विकास मन्त्रालयले गत आवमा ७५ लाख रुपैयाँ बजेट पठाएकामा प्रतिस्पर्धामार्फत ४३ लाख रुपैयाँमा अक्सिजन उत्पादन गर्ने उपकरण खरिद गरिएको हो ।

सांसद भूपेन्द्र थापाको सिफारिसमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम मार्फत रघुगंगा गाउँपालिकाले दिएको १४ लाख र अस्पतालको १ लाख ४० हजारमा सिलिन्डरमा अक्सिजन भर्ने बुस्टर मेसिन किनेर प्लान्ट सञ्चालनमा ल्याइएको अध्यक्ष कटुवालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width