पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा माओवादीका कारण आफ्नो पार्टीको मौलिकता बलात्कृत भएको बताएका छन् । पोखरा महानगरपालिकाको ५ औं स्थापना दिवसलाई सम्बोधन गर्दै उनले पार्टी एकताका कारण एमालेको ब्राण्ड ध्वस्त भएको बताएका हुन् ।
‘लोकतन्त्रको ब्राण्ड र जुन भर्जिनिटी थियो एमालेको । हाम्रो त्यो लोकप्रियताको भर्जिनिटी पार्टी एकता हुँदा बलात्कृत भएको थियो । लोकतन्त्रको एमालेको भर्जिनिटी एकताका कारणले बलात्कृत भएको थियो,’ उनले भने, ‘आज पार्टी पुनःस्थापित हुँदा बलात्कृत भएको हाम्रो ब्राण्डले फेरि पनि अस्तित्व प्राप्त गरेको छ । माओबादी मिसाउँदा संख्या त पायौं तर धेरै कुरा गुमाएका थियौं ।’
उनले नाम कम्युनिष्ट पार्टीको भएपनि एमाले नेपालकै सबैभन्दा लोकतान्त्रिक पार्टी भएको उल्लेख गरे । ‘युरोपमा कम्युनिष्ट भन्ने वित्तिकै लोकतान्त्रिक हुँदैन भन्ने छ । नाम त कम्युनिस्ट भयो तर नेपालमा सबैभन्दा लोकतान्त्रिक पार्टी यहि एमाले हो । अरु डेमोक्रेटिक पार्टीलाई पनि उछिनेर त्यो नमुना हामीले देखाएका थियौं,’ उनले अघि भने, ‘यो कम्युनिस्ट आन्दोलनको एउटा संस्कार हो । एमालेले संसारभरको कम्युनिस्टलाई एउटा संस्कार सिकाईरहेको छ ।’
एमालेसँग नमिले अरु सबै पार्टी मिलेर मात्रै सरकार गठन हुने उनले बताए । तर त्यो सम्भव नभएको र सरकार एमालेकै नेतृत्वमा बन्ने उनको भनाई छ । ‘प्रचण्डको समर्थनमा प्रधानमन्त्री केपी ओली, शेरबहादुरको समर्थनमा प्रधानमन्त्री केपी ओली र महन्थ ठाकुर वा बाबूरामको समर्थनमा प्रधानमन्त्री केपी ओली । यी तीनवटा विकल्प कार्यान्वयन नहुँदा अरु सबै एकै ठाउँमा हुनुपर्छ,’ गुरुङ भन्छन्, ‘उनीहरु मिल्नु सम्भव छैन । घाम र जुन मिलेजस्तै हो । धेरै कठिन कुरा छ, यो ।’
Related News
सम्बन्धित समाचार
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
hero news full width
मुख्य समाचार
काटिएका रुखका मुढा जफत
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१लमजुङमा पात बजाउने प्रतियोगिता, महिलाले मच्चाए तहल्का
माघ २२, २०८१