हेमजा। माछापुच्छ्रे गाउँपालिका–६, भिँडाबारीस्थित बराह माध्यमिक विद्यालयमा सभ्य समूह गठन गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेशले सुरु गरेको ‘गण्डकी समाजः सभ्य समाजः हामी सचेत छौं’ अभियान अन्र्तगत मंगलबार युवराज गौतमको अध्यक्षतामा समूह निर्माण गरिएको हो ।
समितिको उपाध्यक्ष छात्रतर्फ धर्मेन्द्र शर्मा र छात्रातर्फ रविना विक, सचिवमा विकल ढुंगाना, कोषाध्यक्षमा रश्मि केसी चयन भए । त्यस्तै भेलाले पारस गौतम, सविन सुवेदी, आभाष गौतम, सलिना परियार, अस्मिता परियार र सविन अधिकारीलाई सदस्यमा छनोट गरेको छ ।
कार्यक्रममा धारणा राख्दै गाउँपालिकामा शिक्षा प्रमुख कृष्णप्रसाद भण्डारीले असल नागरिक निर्माण गर्ने योजनाका साथ मन्त्रालयले कार्यक्रम लागु गरेको चर्चा गर्दै अभियानमा सिकेका कुरा व्यवहारमा लागु गर्नुपर्ने बताए । उनले विद्यार्थी नैतिकवान् एवं अनुशासित बन्नुपर्ने पनि औंल्याए ।
प्रधानाध्यापक नरबहादुर गुरुङले विद्यार्थीले सानैदेखि सकारात्मक बाटो रोज्नुपर्ने जनाउँदै त्यसमा अभिभावकको अहं भूमिका हुने स्पष्ट पारे । प्रदेश सरकारले थालेको कार्यक्रम महत्वपूर्ण रहेको उनको ठहर छ ।
अनुशिक्षक अर्जुनप्रसाद पौडेलले समूह अन्र्तगत कक्षा ९ देखि १२ सम्मका विद्यार्थी समेटिएको स्पष्ट पार्दै कार्यक्रमको प्रभावलाई समूदाय स्तरसम्म पु¥याउने प्रतिबद्घता जनाए । पौडेलले कार्यक्रमको परिचयबारे जानकारी राख्दै दुव्र्यसन, अपराध र सचेतना, हिंसा, वेचविखन, विपद्, समय, समूह तथा तनाव व्यवस्थापनका बारेमा विद्यार्थी माँझ अवगत गराए । कार्यक्रम अन्र्तगत विद्यालयले प्रत्येक शुक्रबार कक्षा सञ्चालन गर्ने जनाएको छ ।
Related News
सम्बन्धित समाचार
कुमारी ब्युटीका प्रडक्टको स्टोर सुरु
‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको’
सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो
‘नालामा जस्तै पानी बग्छ सडकमा’
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१