पोखरा । हुन्डाइ गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बहुप्रतिक्षित गाडी हुन्डाइ भेन्यु आइएमटी र हुन्डाइ भेन्यु १।२ एस प्लस सार्वजनिक गरेको छ । यी २ गाडी भिन्न इन्जिन अप्सनमा उपलब्ध हुने छन् भने १।२ लिटर पेट्रोल इन्जिन कप्पा डुअल भीटीभीटी टेक्नोलजी रहनेछ ।
बजारमा उपलब्ध अरु गाडीहरूको तुलनामा अघिल्लो वर्ष सार्वजनिक गरिएको हुन्डाइ भेन्युले बजारमा आफ्नो दह्रो उपस्थिति जनाएको छ । हुन्डाइ भेन्यु स्मार्ट सार्क फिन एन्टिना, टर्न सिग्नल भएका विद्युतले मिलाउन सकिने रिअर मिरर, इलेक्ट्रिक सन रुफ, आकर्षक क्रोमयुक्त फ्रन्ट ग्रिल तथा स्पोर्टी रुफ रेलले सुसज्जित छ । यसको आर १५ डायमन्ड कट एलोइ पांग्रा तथा रिअर क्यामेराको साथ हिल एसिस्ट कन्ट्रोलले नौलौ र उत्साहजनक सवारी अनुभव दिनेछ ।
हुन्डाइ भेन्यु १।२ एस प्लसमा बत्तीहरुको जडान सुन्दर तथा आधुनिक रुपमा गरिएको छ, जस अन्तर्गत कर्नरिङ लाइट, प्रोजेक्टर फग लाइट तथा व्रिmस्टल इफेकट सहितको एलइडी डिआरएल लाइट विशेष रहेको कम्पनीले जनाएको छ ।
इन्टेलिजेन्ट म्यानुअल ट्रान्समिसनको साथ हुन्डाइ भेन्यु आइएमटीले क्लचलेस ड्राइभिङ अनुभव दिने पनि कम्पनीले जनाएको छ । यी गाडीहरुको सुरुआती मूल्य हुन्डाइ भेन्यु १।२ एस प्लस को ४४ लाख ५६ हजार रुपैयाँ र हुन्डाई भेन्यु आइएमटीको ४४ लाख ९६ हजार रुपैयाँ कायम गरिएकोे कम्पनीले जनाएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरी १३ सोेरुमहरु तथा १७ सर्भिस सेन्टर मार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
Related News
सम्बन्धित समाचार
मोटरसाइकल खरिदमा १ लाख क्यास
पोखरामा भित्रिए टाटाका नयाँ मोडलका गाडी
निशान म्यागनाइट गाडी नेपाली बजारमा
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव नियुक्त
देशभर हुन्डाइको एक्सचेन्ज मेला
hero news full width
मुख्य समाचार
पोखरा स्पार्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी को ?
मनकामनाजस्तै स्याङ्जा राम्चेकी शीतलादेवी
वैशाख ७, २०७८द्वन्द्वपीडित भन्छन् : कति सुनाउने पीडाका कथा
वैशाख ७, २०७८बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सिफ्टमा काम लगाउन निर्देशन
वैशाख ६, २०७८पोखरामा कोरोना संक्रमितको मृत्यु
वैशाख ६, २०७८गण्डकी प्रदेश सभाकाे विशेष अधिवेशन वैशाख १३ गतेलाई डाकियाे
वैशाख ६, २०७८