शिवमायालाई ललित गौचन समाजसेवा सम्मान

आदर्श समाज सम्वाददाता
फागुन २३, २०७७
Gauchan Smriti

पोखरा । नागरिक समाज कास्कीद्वारा सञ्चालित ललित गौचन स्मृति समाजसेवा सम्मान–२०७७ सामाजिक अभियन्ता शिवमाया श्रेष्ठलाई प्रदान गरिएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले आइतबार आयोजित समारोहमा श्रेष्ठलाई सम्मानपत्र अर्पण गर्दै केही समयदेखि समाजसेवीको सम्मान गरिन थालेको भन्दै खुसी व्यक्त गरे । उनले व्यक्तिको सकारात्मक योगदानले समाज परिवर्तनमा ठूलो सहयोग पुग्ने बताए ।

स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले समाजसेवी सम्मान खोज्दैनन्, समाजसेवा नै उनीहरुको निम्ति सन्तुष्टि हो भन्दै समाजले नै उनीहरुको सम्मान गर्नुपर्ने बताए ।

सम्मानित श्रेष्ठले आफू मात्रै नभई आफ्नो ड्यामसाइल टोल विकास संस्थाले सम्मान प्राप्त गरेको बताइन् । कार्यक्रममा अक्षयकोषदाता स्व. ललित गौचनका भाइ ओमप्रसाद गौचन, पूर्व सम्मानित विष्णुप्रसाद गुरुङ, अभियान महिला समूह अध्यक्ष शर्मिला केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नागरिक समाज पोखराका संयोजक इन्द्रकमल मानन्धरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रतिभा चयन समिति संयोजक विष्णुहरि अधिकारीले सम्मानित व्यक्तिको परिचय दिएका थिए ।

समाजका सदस्य शशि तुलाचनको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन प्रवक्ता गोकुलबहादुर कार्कीले गरेका थिए ।

स्व. गौचनका भाइ ओमप्रसाद गौचन र बुहारी कल्पना गौचनले २०७५ सालमा १ लाख ५ हजार राशिको अक्षयकोष स्थापना गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width