४० कटेका गृहिणीबीच वकृत्वकला

आदर्श समाज सम्वाददाता
फागुन २१, २०७७

पोखरा । अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा पोखरा महानगरपालिकाले वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । ‘लैंगिक समानताको निम्ति महिला र पुरुषको भूमिका’ शीर्षकमा फागुन २४ मा सो प्रतियोगिता हुने महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिइन् ।

अवसरबाट वञ्चित गृहणीको प्रतिभा उजागर गर्ने उद्देश्यले हुने सो प्रतियोगितामा महानगर सामाजिक विकास महाशाखाले सहभागीको छनोट, आधार र मापदण्ड छुट्टाउने छ । प्रतियोगितामा भाग लिने गृहिणी ४० वर्षमाथिको हुनुपर्ने भने संघसंस्थामा प्रमुख भूमिकामा रहेकी महिलालाई छनोट गरिने छैन ।

पोखराका ३३ वटा वडाबाट २ जना दरले सहभागिता हुन पाउने सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्माले बताइन् ।

प्रथमले १५, द्वितीयले १० हजार, तृतीय ८ हजार र सान्त्वनालाई ५ हजार रुपैयाँ प्रदान गरिने भएको छ । प्रतियोगिता बुधबारसम्म छ ।
कार्यक्रममा सहभागी हुने आमा समूहमध्येबाट उत्कृष्ट छनोट गरी पुरस्कार समेत प्रदान गरिने छ ।

Related News

सम्बन्धित समाचार

  • किशोरीका लागि सीपमूलक शिक्षा

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालय तथा दीपशिखा बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा किशोरीहरूका लागि २ दिने…
  • हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल   

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पर्वत ।  पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाउनुभएको छ । दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४…
  • छोरीलाई स्वावलम्बी बनाउन बागलुङ ‘नगरकी छोरी’ कार्यक्रम   

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    बलेवा (बागलुङ) ।  छोरीहरूको संरक्षण, छोरीलाई गरिने विभेदको अन्त्य, बालविवाहको उन्मूलनसहित छोरीलाई शिक्षित र स्वावलम्बी बनाउने उद्देश्यले बागलुङ नगरपालिकाले ‘नगरकी…
  • नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू   

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    गलकोट (बागलुङ) । बागलुङका आमाहरूले नौमती बाजा बजाउन तालिम लिइरहेका छन् । यहाँका १२ जना महिलाले नौमती बाजा बजाउन एकमहिने…
  • जनजागृति आमा समूहमा शान्ति

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । जनजागृति आमा समूह, पोखरा १९ पुरूञ्चौरको २७ औं वार्षिकोत्सव तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न…

hero news full width