पोखरा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मजदुर सञ्चित कोष कार्यान्वयनमा ल्याएको छ । जीवनभर अर्काको लागि श्रम गर्ने तर अप्ठ्यारो परेको बेला कोही नहुने तथा आर्थिक अवस्था कमजोर हुने मजदुर वर्गलाई लक्ष्य गरी गाउँपालिकाले मजदुर सञ्चित कोष कार्यान्वयनमा ल्याएको हो । दैनिक ८ सय देखि १५ सयसम्म आम्दानी गर्ने भए पनि न्यून वचतका कारण संकटको अवस्था सामाना गर्न असहज हुने तथा शिक्षा, स्वास्थ्य, आवास लगायतका मानवीय एवं सामाजिक विकासको अवस्था कमजोर भएका मजदुर वर्गका लागि यो कोषको स्थापना गरिएको हो ।
आर्थिक अवस्था कमजोर हुने मजदुर वर्गलाई लक्ष्य गरी गाउँपालिकाले मजदुर सञ्चित कोष कार्यान्वयनमा
गाउँपालिकाले बिहीबार १ कार्यक्रमबीच मजदुरहरुलाई परिचय पत्र वितरण थालेका छ । परिचयपत्र वितरण गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले दैनिक ज्यालादारी गर्ने मजदुरलाई लक्ष्य गरी गाउँपालिकाले कार्यान्वयनमा ल्याएकोमा मजदुर सञ्चित कोष कोसेढुंगा सावित हुने बताए । मजदुरका परिवारको आर्थिक अवस्था मजबुत बनाउन तथा उनीहरुको शिक्षा, स्वास्थ्य, आवास निर्माण, पोषणजस्ता आधारभूत आवश्यककता पूर्ति गर्ने गरी ल्याइएको मजदुर सञ्चित कोषले उनीहरुको जीवनयापनमा परिर्वत ल्याउने विश्वास उनले व्यक्त गरे ।
गण्डकी प्रदेश सभा विधायन समिति सभापति मोहनप्रसाद रेग्मीले मजदुर सञ्चित कोष, युवा उद्यमजस्ता लोकप्रिय कार्यक्रम ल्याई जनताले प्रत्यक्ष विकासको अनुभूति गर्ने गरी फेदीखोला गाउँपालिकाले काम गरेको बताए ।
पालिकाको मजदुर सञ्चय कोष सञ्चालन कार्यविधि, २०७७ बमोजिम पालिका भित्रका १८ देखि ५९ वर्षका दैनिक ज्यालादारीमा काम गर्ने विपन्न मजदुरलाई लक्ष्य गरी कोष स्थापना गरिएको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए । उनका अनुसार गाउँपालिकाले आफ्नै घर भएनभएको, परिवारमा रोजगार छ/छैन आश्रित परिवारको सख्या लगात मजदुर छनौटका आधार तयार पारेको छ । कोषमा सूचीकृत हुन चाहानेका लागि गाउँपालिकाले नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजका २ प्रति फोटोसहित सम्बन्धित वडा कार्यालयहरुमा निवेदन दिन अनुरोध गरेको थयो ।
सूचीमा सूचीकृत मजदुरमात्र उक्त सञ्चय कोषमा आवद्ध हुन पाउने छ । सूचीकृत मजदुरले सार्वजनिक विकास निर्माणका काममा संलग्न हुँदा प्राप्त गर्ने ज्याला रकम अनिवार्य रुपमा बैंकिङ प्रणालीबाट भुक्तानी प्राप्त गर्ने छन् । भुक्तानीको क्रममा रकम ज्यालाबाट १५ प्रतिशत कट्टा गरेपश्चात् पालिकाका तर्फबाट १५ प्रतिशत रकम चौमासिक रुपमा मजदुरको बैंक खातामा वचत गर्ने व्यवस्था छ । उक्त मजदुरले पालिकाबाट थप हुने १५ प्रतिशत रकम बाहेक स्वास्थ्य बिमा लगायतका अन्य सुविधा समेत पाउने व्यवस्था गरिएको छ ।
गाउँपालिकाले सञ्चितकोष कार्यन्वयनमा ल्याएसँगै फेदीखोलका मजदुर हर्षित भएका छन् । फेदीखोला गाउँपालिकाले युवा उद्यमी कार्यक्रम सञ्चालन गरी कृषकसँग सम्झौता समेत गरेको छ । पालिकाभित्र रहेका उद्यमी व्यवसायीको समूहलाई प्रोत्साहन गर्न गाउँपालिकाले बिना व्याज बिना धितो ५ लाख रकम ऋण दिने व्यवस्था गरेको छ ।
Related News
सम्बन्धित समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
हिमालयन र एलपी देवकोटा फाइनलमा
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
hero news full width
मुख्य समाचार
ज्येष्ठ नागरिक समाजबाट सम्मान
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१