रुपा । कास्कीको रुपा गाउँपालिका ७ रामकोटका चित्रबहादुर घर्ती बिहानै खानेपानी पानी लिन घरबाट निस्किन्छन् । धारामा पुगेर गाग्री लाइनमा राख्नछन् । घन्टौंपछि उनको पानी भर्ने पालो आउँछ । पालो आएपछि पनि गाग्री भरिन झण्डै आधा घन्टा लाग्छ । घाम टाउकोमाथि पुग्ने बेला बल्ल पानी भरेर फर्किन्छन् उनी । त्यस क्षेत्रमा १० घर छन् ।
गाउँको बीचमा एउटा पाइप टाँगिएको धारा छ । पानी चाहिँ झर्दैन । झरे पनि कपालको रौंजत्रो । ‘धारा भने पनि त्यहि हो, पँधेरो भने पनि त्यहि हो । सबैका घरमा पानी चाहिन्छ, लाइन बस्नैपर्यो,’ उनले भने, ‘पानीको साह्रै दुख छ । म थाहा पाउने हुँदादेखि पानीको दुख ज्यूँका त्यूँ छ ।’ उनी आफै गाउँमा पानी ल्याउने कामको अगुवा हुन् । त्यस क्षेत्रमा सोलारबाट लिफ्टिङ पानी लैजाने तयारी छ । ‘पानी भए घरमै पँधेरो हुन्थ्यो । अहिले त गाउँभरि एउटै पनि धारा छैन,’ उनले भने, ‘पानी ल्याउन जोड गरेको वर्षौं बित्यो । जति गरे पनि जोर चलेन ।’
गाउँलेलाई दुख भएपछि पालिकाले घरघरै धारा पुर्याउने अभियान चलाएको छ
त्यहाँ कुर्लुङ खोलाबाट पानी लैजान लागिएको हो । तर मुल सानो भएकोले पर्याप्त पानी झर्नेमा स्थानीय शंका गर्छन् । आयोजनाका लागि मुख्य लाइनको काम सकिएको छ । शाखा पाइप लाइन खनिएको छ । १ सय २५ धारा बनिसकेको आयोजनाका अध्यक्ष दानबहादुर थापाले बताए । ‘ट्यांकीको काम भइरहेको छ । कतै २० हजार लिटरको ट्यांकी छ । कतै १६ हजारका छन्,’ उनले भने, ‘२० वटा ट्यांकी बन्छ । छिट्टै आउला ।’ रामकोटजस्तै रुपाका अधिकांश गाउँमा पानीको संकट नै छ । केहीले कुवाको पानी उवाएर खान बाध्य छन्, केहि दिनैभरि पालो पर्खेर पानी भर्छन् । उतिबेला गाउँबेंसी सामान्य कुरा हो । पुर्खाले अधिकांश बस्ती पारिलो र अग्ला थुम्काहरुमा बसाए । त्यसैले पानीको मुल भने गाउँभन्दा धेरै टाढा प¥यो । घरमा धेरै बालबच्चा हुने भएकोले पानीको मुल टाढा भए पनि लिन जानेको दुख थिएन । अहिले परिवार ठूलो छैन, घरमुलीहरु बृद्ध भइसके । पानी लिन टाढा जान सक्ने कुरै भएन ।
गाउँलेलाई दुख भएपछि पालिकाले घरघरै धारा पु¥याउने अभियान चलाएको छ । केही सोलारबाट लिफ्टिङ गरिएका छन् भने केही चाहिँ बिजुलीबाटै पनि पानी तानिएका छन् । रामकोट, हाँसपोखरी, माझगाउँ र टुनेपानीमा सोलारबाट ठूला आयोजना निर्माण गरिएको छ । अहिले ३ सय भन्दा बढी घरधुरीलाई पानी वितरण गर्न रामकोट सोलार परियोजना निर्माणाधीन छ । युनिका फाउन्डेसन, रुपा गाउँपालिका र स्थानीयको ६ करोड लागतमा यो आयोजना बनाउन लागिएको हो । रुपामा ४ वटा सोलार र ९ वटा आयोजना बिजुलीबाट लिफ्टिङ गरेर खानेपानी वितरण गर्न लागिएको पालिकाले जनाएको छ । लिफ्टिङबाट मात्रै करिब २ हजार घरधुरीलाई पानी वितरण गरिएको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए । गण्डकी प्रदेश सरकारले यही वर्षभित्र सबै घरमा आधारभूत खानेपानी पु¥याउने लक्ष्य लिएको छ । यसबाहेक १ घर एक धारा अभियान पनि चलिरहेको छ । रुपा गाउँपालिकाले यसैवर्ष सबै घरमा धारा पु¥याउने ओझाले बताए ।
‘पालिकामा पानीको दुख निकै छ । बस्ती माथी प¥यो, मुल बस्तीभन्दा मुनि छ,’ उनले भने, ‘धेरै आयोजनामा लिफ्टिङ गर्नुपरेको छ । यो बढि खर्चिलो पनि छ ।’ हालसम्म ३ हजार ९ सय घरधुरीमा पानी पु¥याइसकेको उनले बताए । अब ५ सय घरमा मात्रै धारा जोड्न बाँकी छ । खानेपानीमा मात्रै रुपाभरि ४० करोड भन्दा बढी लगानी छ । त्यसमध्ये पालिकाले १३ करोड लगानी गरेको छ । साना ठूला ५७ वटा आयोजना सञ्चालनमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगानाले जानकारी दिए । उनका अनुसार रेडक्रस मार्फत् युनिका फाउन्डेसन, रोटरी क्लब, पालिका, प्रदेश र संघ सरकारले खानेपानीमा काम गरिरहेको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१