स्कुल टिकाउन विद्यार्थी वन्धक !

आदर्श समाज सम्वाददाता
फागुन १६, २०७७
Bandhak Photo

पोखरा । बालबालिकालाई शारीरिक र मानसिक यातना दिएको आरोपमा मादी गाउँपालिका वडा ६ बाट एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भूमि आधारभूत विद्यालयका प्रअ ४५ वर्षीय इन्द्रबहादुर थापा हुन् ।

कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई निःशुल्क खाने बस्ने व्यवस्था गरी स्कुलमा पढाउने भनी ल्याएर राखी यातना दिएको उनीमाथि आरोप छ ।

विद्यार्थीलाई कुटपिट गरेर सख्त घाइते बनाएको सूचना आधारमा कास्की प्रहरीले शनिबार उनलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका कास्कीका प्रवक्ता प्रहरी नायक उपरीक्षक सुवास हमालले जानकारी दिए ।

स्रोतका अनुसार उनले जागीर र प्रधानाध्यापकको पद जोगाउन ७ विद्यार्थीलाई २ वर्षदेखि बन्धक बनाएको खुलेको छ । उनले लमजुङ, तनहुँलगायत जिल्लाबाट ४ देखि १२ वर्षसम्मका विद्यार्थी ल्याएर आफ्नै घरमा राखेका थिए ।

आर्थिक अवस्था कमजोर भएका अभिभावकका छोराछोरीलाई आफ्नै घरमा राखेर पढाउने भन्दै ल्याएको स्रोतले जानकारी दिएको छ ।

उनीमाथि बालबालिकासम्बन्धी कसूरअन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता हमालले बताए । त्यस्तै, बालबालिकालाई सिविन नेपाल संस्थामा राखेर उनीहरुको ठेगाना र अभिभावकको खोजी कार्य भइरहेको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width