पोखरा । स्याङ्जा जिल्लाको बिरुवा गाउपालिका वडा नम्बर ४ खुदी गाउँबाट आज नेकपा परित्याग गरि ६७ जना नेपाली नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
साबिक ओरष्टे गाउँ बिकास समिति ५ खुदीबाट शनिबार ने क पा परित्याग गरि स्थानिय युवाहरु सुमन बसेल र सन्तोष बसेलको नेतृत्वमा उनिहरु कांग्रेस प्रवेश गरेका हुन् ।
उनीहरुलाई संविधानसभा सदस्य राजु थापाले टिका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । कम्न्युष्ट सरकारले योजना पार्दा समुदाय भन्दा पनि व्यक्ति केन्द्रित भएको आरोप लगाएका थिए । दलित समुदाय समाजमा अझैसम्म पनि हेपिनु परेको तथा योजनामा पनि दलित समुदाय भएकै कारण छुट्याएको बताएका थिए ।
नेपाली कांग्रेस प्रवेश गरेका हरुलाई स्वागत गर्दै संविधानसभा सदस्य राजु थापाले २१ औ सताव्दीमा आएर पनि दलित भएकै कारण अवहेलना खेप्नु आफ्नो लागि स्वीकार्य नरहेको बताए । दलित समुदायको समस्या सधै साथमा रहेको समेत उनले बताए । अर्को प्रसंगमा आफ्नो कार्यकालमा घुम्ती चिसापानी कृषि सडकको टेन्डर आवह्वान गरी काम सुरु गरेको भएपनि बर्तमान नेकपा सरकारको कारण बिच बाटोमै रोकिएमा आपत्ती जनाए ।
उक्त कार्यक्रमको अध्यक्षता नेपाली कांग्र्का साबिक ओरष्टे गाबिस गाउँ कार्य समितिका सचिव ज्योतीप्रकाश थापाले गरेका थिए । त्यस्तै उक्त कार्यक्रममा कांग्रेसका जिल्ला सदस्य चन्द्रकान्त पोखरेल, सोम लम्साल, लक्ष्मी केसी, बिरुवा गाउँपालिकाका सभापति युवराज केसी, नेपाल विद्यार्थी संघ स्याङ्जाका सभापति अजित क्षेत्री, हरि थापा, मधु गुरुङ, मुक्त गुरुङ ‘काजी’ लगाएतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमलाइ डि आर पोखरेलले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१