पोखरा । प्रतिनिधिसभा विघटनको निर्णयलगत्तै गण्डकीमा सरकारविरुद्ध अविश्वासको गठजोड सुरु भयो । तर त्यो छलफल लामो चलेन र अविश्वासको प्रस्ताव दर्ता हुन सकेन । त्यसो त गण्डकी अरु प्रदेश झैं सत्ता ढलाउन र नयाँ बनाउन सहज छैन । अहिलेसम्मको हिसाब हेर्दा सत्तारुढ नेकपा ओली समूहसँग २९ सदस्य छन् । मनाङका सांसद दीपक मनाङे कतातिर लाग्ने हुन् कुनै टुंगो छैन । उनी पार्टीको आधिकारिकता कुरिरहेका छन् । ओली समूहकै केही सांसद प्रचण्ड नेपाल समूहमा लाग्ने सम्भावना उत्तिकै छ । ओली समूहबाहेक सबै शक्ति जोड्दा पनि बल्लबल्ल बराबर हुन्छ । त्यसैले अहिले नै सरकारविरुद्ध हिसाब किताब गर्न कठिन छ । संसद पुनस्र्थापना पछि भने यहाँको राजनीतिक समीकरणमा केही तलमाथि हुन सक्ने आँकलन गरिएको छ ।
अहिलेको सरकार तलमाथि हुनेबित्तिकै सत्ताको कोर्स स्वतः कांग्रेसको परिधिमा पुग्छ । गण्डकीमा हाल दोस्रो ठूलो पार्टी कांग्रेस नियमित सत्ता प्राप्तिको पर्खाइमा छ । ‘विश्वासको मत लिँदा मुख्यमन्त्री ज्यूले बहुमत पाउने सम्भावना छैन । त्यसो भयो भने लार्जेस्ट पार्टीको हैसियतले हामीतिर आइपुग्छ,’ विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल भन्छन्, ‘हामी हतारो गर्दैनौं । नेचुरल रुपमा आवश्यक भूमिका पूरा गर्छौं । प्रतिगमनविरुद्धका शक्तिहरुसँग सहकार्य गर्नु स्वभाविक हो ।’ नियमित रुपमा सबै राजनीतिक दलसँग छलफल र वार्ता भरहेको नेपालीले बताए ।
गण्डकीका गृहमन्त्री तथा दाहाल नेपाल खेमाका नेता हरिबहादुर चुमान काठमाडौंको जाडो पोखरामा आइनपुग्ने बताउँछन् । ‘हामीले पहिलेदेखि भन्दै आएको हो । प्रदेशको सन्दर्भमा सत्ता तलमाथि हुँदैन,’ उनले भने, ‘हामी अझै पनि एकै ठाउँमा छौं । सत्तामा मिलेरै कार्यकाल बिताउछौं ।’ उनले गल्ती स्वीकारेर जनताका बीचमा जान केन्द्रीय नेतृत्वलाई सुझाव पठाए । ‘जनताले म्यान्डेट दिएकै हो, सत्ता त चलाउनै प¥यो । तर गल्ती स्वीकार गरेर अघि बढ्नुपर्छ,’ चुमानले भने, ‘नयाँ शिराबाट सोच्नुपर्छ । हामीलाई समेत कालो टीका लाग्यो । यो पुछ्नुपर्छ । एउटा आधार संसद पुनस्र्थापना हो भनेका थियौं अदालतले संविधानको सम्मान ग¥यो । यो कदम स्वागतयोग्य छ ।’
प्रतिपक्षमा बसेर सत्ताको समर्थन गरिरहेको राष्ट्रिय जनमोर्चाले संसद पुनःस्थापना जनपक्षमा रहेको सुनाए । ‘पहिलै भनेको हो, प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन । अदालतले सही निर्णय गरिदियो, संसदीय दलका नेता कृष्ण थापाले भने, ‘यो निर्णय स्थिरताको पक्षमा छ । सत्तारुढ दलले अवसरको रुपमा लिनुपर्छ । र सुध्रिएर अघि बढ्नुपर्छ ।’ सरकारलाई दिएको आफ्नो समर्थन कायम रहने उनको भनाइ छ ।
जनता समाजवादी पार्टी सानो भए पनि सरकारको जोडघटाउमा मुख्य निर्णायक हो । २ सदस्यीय दल अबको संसद बैठकमा सरकारको कोर्स परिवर्तन गर्ने लाइनमा उभिने पक्कापक्की छ । ‘गण्डकीको संसद कानुन बनाउने मात्रै कुरा होइन । अबको संसद चल्दा सरकारको कोर्स परिवर्तन गर्ने ठाउँमा पनि हुन सक्छ,’ उनले भने, ‘त्यो प्रयास गरिरहेका छौं । सर्वोच्चको निर्णय कुरेका थियौं, निर्णय आयो । प्रतिगमनलाई सत्ता सुम्पिरहन सकिन्न ।’ सरकार बाहिर रहेका शक्तिसँग कुरा भइरहेको उनले बताए । आचार्यले दाबी गरेझैं गण्डकीमा सरकार फेरबदल त्यति सहज छैन र असम्भव पनि छैन ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई काठमाडौंको हावाहुरीले आफ्नो सत्ता धरमर नगर्ने विश्वास छ । ‘यहाँ कसैको विरोध छैन । पार्टीभित्र सहमतिमा दलको नेता चुनिएको हुँ । अरुलाई पनि मिलाएरै लगेको छु,’ केहि समय अघि उनले भनेका थिए, ‘अरु प्रदेशमा जस्तो गण्डकीमा सरकार तलमाथी हुँदैन । म पूरै कार्यकाल मुख्यमन्त्री हुन्छु भन्ने विश्वास छ ।’ उनले सर्वोच्चको निर्णय पालना गर्नुको विकल्प प्रधानमन्त्रीसँग नभएको बताए । यद्यपि सर्वोच्चको फैसलाले राजनीतिक अस्थिरता निम्त्याउने उनको तर्क छ । ‘अब सांसदहरुको किनबेच र तानातान सुरु हुन्छ । म भन्छु, यो निर्णयले राजनीतिक अस्थिरता सिर्जना गरेको छ,’ गुरुङले भने ।
गण्डकीको प्रदेशसभा तत्कालै सुरु हुने अवस्था देखिँदैन । असोज अन्तिम सातादेखि अधिवेशन अन्त्य गरिएकोमा संविधानतः चैत अन्तिम सातासम्म अधिवेशन अवधि लम्ब्याउन मिल्छ । अहिले मन्त्री र सत्तारुढ दल विधेयक बनाउने र विकास निर्माणमा जुट्नेभन्दा पार्टीको आन्तरिक खिचातानीमै व्यस्त छन् । संसद सचिवालयका अनुसार हालसम्म सचिवालयमा एउटा विधेयक मात्रै दर्ता भएको छ ।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
एकीकृत समाजवादी गण्डकीमा नेपाली
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१