हेमजा । माछापुच्छ्रे–८, ठाँटीकी वसन्ती गौतम सबेरै उठ्छिन् । नित्यकर्मसँगै घरको काम सघाउँछिन् । करिब ७ बजेतिर उनी लोक सेवा पढ्न गाउँपालिकातिर लाग्छिन् ।
पहिलेभन्दा अहिले समाज महिलामैत्री बनेको भन्दै उनी खुसी छन् । पहिले आमा, दिदीबहिनी चुलोचौकोमा मात्र सीमित हुनु प¥यो । यदि यसरी घरभित्रै खुम्चिनु नपरेको भए कति जना राष्ट्र सेवाका पदमा पुग्थे होलान् भन्ने लाग्दो रहेछ । ‘हामी त कम्तीमा केही सिक्न घरबाट फुत्किन पायौं,’ उनी फुरुङ्ग हुँदै भन्छिन् ।
लाहाचोककी दीपा खुलाललाई पहिलेदेखि लोक सेवा तयारी कक्षा लिन पाए हुन्थ्यो भन्ने लागेको थियो । तर मनको कुरो पूरा हुन सकेको थिएन ।
यत्तिकैमा गाउँपालिकाले महिलाका लागि लोक सेवाको निशुल्क तयारी कक्षा दिने भनी सूचना निकाल्यो । गौतम र खुलालले पनि दरखास्त भरे । कुल ३० जनाको सिट संख्यामा भर्ना लिने भनिएकोमा ३५ जनाको आवेदन प¥यो । अन्ततः गाउँपालिकाले निवेदन परे जति सबैलाई सहभागी गरायो । माघ २४ देखि चलेको लोक सेवाको कक्षामा गौतम र खुलाल विद्यार्थी हुन् । उनीहरु चुलोचौको छोडेर सरकार जागिरको आशामा नियमित पढिरहेका छन् ।
२ महिनासम्म चल्ने कक्षामा ३५ मध्ये २२ जना बुहारी सहभागी छन्
खुलाल र गौतम त प्रतिनिधि मात्रै हुन् । उनीहरु जस्तै अन्य दिदीबहिनी पनि कक्षा लिन पाएकोमा खुसी छन् । मिहिनेतपूर्वक अध्ययन गरी लोक सेवाको परीक्षा कटाउने उनीहरुको धोको छ ।
गाउँपालिकाले ‘उपाध्यक्षसँग महिला बालबालिका कार्यक्रम’ अन्तर्गत तयारी कक्षा दिन सुरु गरेको हो । सो कक्षाबाट महिला आत्मनिर्भर हुने र निजामतीमा महिलाको सहभागिता बढ्ने आशा गरिएको छ ।
यतिबेला राजपत्र अनंकित प्रथम श्रेणीअन्तर्गत नासु र द्वितीय श्रेणीअन्तर्गत खरिदार तहको कक्षा सञ्चालन भएको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले जानकारी दिइन् । २ महिनासम्म चल्ने कक्षामा ३५ मध्ये २२ जना बुहारी सहभागी छन् ।
लोक सेवा पढ्न गाउँपालिकाको धम्पुस, ल्वाङघलेल, रिभान, माछापुच्छे«, धिताल, घाचोक, लाहाचोक लगायत स्थानबाट बिहानी ८ देखि साढे ९ सम्म दिदीबहिनी गाउँपालिका कार्यालय जाने गरेका छन् । बिदाको दिन दिउँसो कक्षा सञ्चालन गर्ने गरिएको छ ।
चालू आवमा ३ लाख बजेट विनियोजन गरी कक्षा सञ्चालन व्यवस्था मिलाएको हो । त्यस्तै सहभागीलाई आवश्यक शैक्षिक सामग्री पनि उपलब्ध गराइएको छ ।
गाउँपालिकाले अघिल्लो वर्ष पनि पोखरास्थित सिम्पानीमा यसै प्रकृतिको कक्षा सञ्चालन गरेको थियो । जुन पालिका क्षेत्रभन्दा टाढा र कोरोना भाइरस (कोभिड १९) का कारण प्रभावित बनेको थियो । जसबाट पाठ सिक्दै यसपटक गाउँपालिकाले आफ्नै कार्यालयमा कक्षा सञ्चालन गरिएको हो ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
जरोटुप्पोमा सम जयन्ती र सम्मान
‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’
सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
नमस्ते हस्पिटल १३ औं वर्षमा
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१