भलिबल विजेतालाई गृहजिल्लामा सम्मान

साधन राम्जाली
फागुन १२, २०७७
bijetalai samman (1)

म्याग्दी  । मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको विजेता म्याग्दी महिला भलिबल टोलीलाई गृहजिल्लामा सम्मान गरिएको छ ।
जिल्ला भलिबल संघ, म्याग्दीको आयोजनामा खेलाडीलाई पञ्चेबाजा घन्काउँदै बेनीबजार परिक्रमा गराएको हो ।

भलिबल खेल जितेर म्याग्दीको शीर उच्च बनाएको भन्दै भलिबल संघको आयोजनामा उनीहरुको स्वागत सम्मान सहित वीरेन्द्रचोक, न्यूरोड, क्याम्पसचोक, गणेशटोल, बैंकरोड हुँदै जिल्ला समन्वय समितिको सभाहलमा सम्मान गरिएको हो ।

गण्डकी प्रदेशसभा सदस्य विनोद केसीले भलिबल खेलमा म्याग्दीको राष्ट्रियस्तरमा पहिचान रहेको बताए । उनले खेल क्षेत्रको विकासका लागि थप बजेट लगायत पूर्वाधारमा प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

जिसस प्रमुख देवेन्द्रबहादुर केसीले खेलाडीलाई बधाई दिँदै खेलकुदमा तीनै तहले बजेट विनियोजनमा प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर, सशस्त्र प्रहरीका डिएसपी हरि गुरुङ, राष्ट्रिय अनुसन्धान म्याग्दीका प्रमुख महेश गुरूङ, जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष रमेशकुमार श्रेष्ठ, समाजसेवी विमला गौचन, जिल्ला खेलकुद विकास समितिका निर्वतमान अध्यक्ष कृष्णकुमार विश्वकर्मा, भलिबलका प्रमुख प्रशिक्षक तेजेन्द्र बानियाँ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

महिला भलिबलकी क्याप्टेन अरुणा शाही, खेलाडी कमला पुन प्रशिक्षणमा ब्यस्त रहेकाले उपस्थित भएनन् । उपकप्तान पवित्रा सिर्पाली भने कार्यक्रममा सहभागी थिइन् ।

पोखरा रंगशालामा शनिबारको फाइनल खलमा म्याग्दीले पर्वतलाई सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको थियो । पुरुषतर्फ म्याग्दी सेमिफाइनबाट बाहिरियो ।

उपाधिसँगै २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । टिम कप्तान अरुणा शाही सर्वोत्कृष्ट खेलाडी, प्रशिक्षक बानियाँ उत्कृष्ट प्रशिक्षक र कमला पुन उत्कृष्ट सर्भर घोषित हुँदैै जनही ५ हजार रुपैयाँ पुरस्कार पाए ।

Related News

सम्बन्धित समाचार

  • ब्ल्याक बुल्स् सेमिफाइनलमा

    आदर्श समाज सम्वाददाता माघ २९, २०८१
    पोखरा । पोखरा रंगशालामा जारी २४ औं आहारार पोखरा गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार दुई विदेशी टिमको प्रतिस्पर्धा रोचक रह्यो ।…
  • सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सहारा क्लब पोखराका ६ जना खेलाडी सहिद स्मारक ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि ब्रिगेड ब्वाइज क्लब, ललितपुरमा…
  • हिमालयनलाई वडाध्यक्ष कप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । हिमालयन बोर्डिङ स्कुलले चौथो अन्तरविद्यालय वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ड्याम साइड क्लबले आयोजना…
  • थ्रिस्टार सेमिफाइनलमा प्रवेश

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पाेखरा । आहारारा पोखरा गोल्डकपको पाँचौंपल्टको विजेता थ्रि स्टार क्लब २४ औं संस्करणको प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । आइतबार…
  • थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित

    आदर्श समाज सम्वाददाता माघ २५, २०८१
    पोखरा। संकटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै भारतको थण्डरबोल्ट नर्थ युनाइटेड क्लब २४ औं आहारारा पोखरा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको…

hero news full width