गोरखाको बारपाकमा एकै घरका ३ जना मृत भेटिए

Avatar आदर्श समाज सम्वाददाता
फागुन १०, २०७७
houses-of-barpak-village-nepal

पोखरा  । गोरखाको बारपाकस्थित १ घरमा ३ जना मृत्त अवस्थामा फेला परेका छन् ।

बारपाक सुलिकोट १ को बारपाकमा एउटै घर भित्र १ जना पुरुष र २ जना महिला मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले बताए ।

मुखबाट फिँज आएकाले विशाक्त खानाका कारण याे घटना भएकाे प्रहरीकाे अनुमान छ ।

मृत्यु हुनेमा ८४ वर्षीय दिलबहादुर गुरुङ, २२ वर्षीया आइतकुमारी गुरुङ र १३ वर्षीया उषा गुरुङ छन् । दिलबहादुर र आइतकुमारी ससुरा बुहारी हुन् । उषा नजिकको आफन्त रहेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

सोमबार बिहान अबेसम्म पनि घरको ढोका नखुलेपछि स्थानीय घरभित्र पसेर हेर्दा तिनैजना मृतावस्थामा भेटिएका थिए ।
घटनाको बारेमा थप अनुसन्धानका लागि प्रहरी चौकी जौबारीबाट थप फोर्स बारपाक गएको एसपी गुरुङले बताए ।

घरका अरु सदस्य चितवनस्थित आफन्तको मृत्युसंस्कारका सहभागी हुन गएका बेला यस्ता घटना भएको स्थानीयले बताएका छन् ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग