पोखरा । ऐतिहासिक लिगलिगे साइकल दौडमा पुरुष र महिला दुवैतर्फको उपाधि सशस्त्र प्रहरी बल एसपएफले हात पार्न सफल भएको छ । लिगलिग भिलेज स्पोर्टस्को आयोजनामा गोर्खाको लिगलिगकोटमा आयोजित लिगलिगे साइकल दौडको उपाधि पुरुषतर्फ एपिएफका लक्ष्मण मल्लले हात पारे ।
५२.९ किलोमिटर दुरी २ घन्टा २२ मिनेट ५५ सेकेन्डमा पार गर्दै मल्लले लिगलिगे साइकल दौडको उपाधि हासिल गरेका हुन् । त्यस्तै त्रिभुवन आर्मी क्लबका हिमाल टमटाले निर्धारित दुरी २ घन्टा ३१ मिनेट ३५ सेकेन्डमा पार गर्दै प्रतियोगितामा दोस्रो स्थान हासिल गरे भने त्रिभुवन आर्मीकै ओकेशराज बज्राचार्यले २ घन्टा ३६ मिनेट ५६ सेकेन्डमा पार गर्दै तेस्रो स्थान हासिल गरे । प्रतियोगितामा अनिल महर्जनले सान्त्वना स्थान हासिल गरे २ घन्टा ४१ मिनेट २३ सेकेन्डमा दुरी पार गर्दे महर्जनले सान्त्वनासहित नगद १० हजार र मेडल प्राप्त गरे । प्रतियोगितामा प्रथम, दोश्रो र तेस्रोले क्रमश २५, २० र १५ हजार नगद र मेडल प्राप्त गरे ।
त्यस्तै महिलातर्फ एपिएफका सोनी गुरुङले निर्धारित दुरी ५२.९ किलोमिटर २ घन्टा ५६ मिनेट ७ सेकेन्डमा पार गर्दै उपाधि हात पार्न सफल भइन । उपाधिसँगै गुरुङले नगद २५ हजार र मेडल हात पारिन् । प्रतियोगितामा नुवाकोटकी लक्ष्मी मगरले निर्धारित दुरी ३ घन्टा २ मिनेट ९ सेकेन्डमा पार गर्दै दोस्रोे स्थान हासिल गर्न सफल भइन् भने गोर्खाकी उषा खनालले ३ घन्टा ९ मिनेट २ सेकेन्डमा पार गर्दै तेस्रो भइन ।
प्रतियोगितामा प्युठानका ह्युमेइ बुढा मगरले ३ घन्टा १२ मिनेट ५५ सेकेन्डमा पार गर्दै सान्त्वना हासिल गरिन् । प्रतियोगितामा दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्ने खेलाडीहरुले क्रमश २०, १५ र १० हजार नगद र मेडल हात पार्न सफल भए ।
प्रतियोगितामा गण्डकी प्रदेश महिलातर्फ गोर्खाकी उषा खनाल प्रथम, लमजुङकी केशरी थापा मगर दोश्रो र कास्कीकी जमुना थापा मगर तेश्रो स्थान हासिल गरिन् भने पुरुषतर्फ कास्कीका सन्दिप सुदौली प्रथम, गोर्खाका लेखप्रसाद भट्ट दोस्रो र गोर्खा पालुङटारका शिव श्रेष्ठले तेस्रो स्थान हासिल गर्न सफल भए । गण्डकी प्रदेश पुरुष र महिलातर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश. ५ हजार, ३ हजार र २५ सय नगद र मेडल हात पारे । प्रतियोगितामा पुरुषतर्फ ६२ र महिला तर्फ १७ जना खेलाडीले सहभागिता जनाएका थिए ।
प्रतियोगिताका विजेताहरुलाई पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेल, उपमेयर पम्फा बसेल, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी, नेपाल साइक्लिङ संघको अध्यक्ष गोपाल सुन्दर लाल कक्षपति, लिगलिग भिलेज स्पोर्टस्का अध्यक्ष सन्जीव रानामगर लगायतले पुरस्कार राशी र मेडल प्रदान गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति
अनलाइन प्रणालीबारे थाहा नहुँदा श्रम कार्यालयमा भीड
पानी भए पो पँधेरो : रुपाका गाउँमा अझै खानेपानी समस्या
उपभोक्तालाई नै छैन वास्ता, राेकिएन ठग्ने ठगिने क्रम
‘प्रधानमन्त्री पाउँ पनि भनेको छैन, आयो भने भाग्नेवाला पनि छैन’
hero news full width
मुख्य समाचार
‘सरकार र चन्द समूहको वार्ता सकारात्मक दिशातर्फ उन्मुख’
स्मार्ट सिटी पोखरामा फोहोरको दुर्गन्ध
फागुन १९, २०७७पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति, प्राज्ञ सदस्यले लिए सपथ
फागुन १९, २०७७भिर छिचाेलेर दर्मिजामा माेटरबाटाे
फागुन १९, २०७७फेवातालमा पानी भर्न थालेपछि बल्ल माटाे झिक्न सुरु
फागुन १९, २०७७आँखा उपचारमा अब्बल पाेखराकाे हिमालय आँखा अस्पताल
फागुन १८, २०७७