पोखरा । मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरिय भलिबल प्रतियोगितामा शनिबार फाइनल खेल हुने भएका छन् । पोखरा रंगशालामा जारी प्रतियोगितामा शुक्रबार भएको महिला तथा पुरुष तर्फको सेमिफाइनल खेलले दुवै टोलीको फाइनल यात्रा तय गर्ने टोलीको टुंगो लागेको थियो । शनिबार हुने फाइनल खेलमा पुरुषतर्फ स्याङ्जा र तनहुँ तथा महिलातर्फ म्याग्दी र पर्वत भिड्ने भएका छन् ।
शुक्रबार भएको महिला तर्फको पहिलो सेमिफाइनल खेलमा म्याग्दीले तनहुँलाई ३–० को सोझो सेटमा हराएको हो । म्याग्दीले २५–११, २५–१९ र २५–१३ को सोझो सेटमा तनहुँलाई पाखा लगाएको हो । दोस्रो सेमिफाइनलमा पर्वतले आयोजक कास्कीलाई २५–१५, २५–२३ र २५–१२ को सोझो सेटमा पराजित गर्दै फाइनलमा म्याग्दीसँगको भेट पक्का गरेको हो ।
पुरुषतर्फको पहिलो सेमीफाइनल खेलमा स्याङजाले पर्वतलाई ३–१ सेटले पराजित गर्दै फाइनलमा पुगेको हो । स्याङ्जाले पहिलो दुवै सेट २५–२० र २५–१७ ले जितेको थियो । पर्वतले तेस्रो सेट २७–२५ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्कने संकेत गरेको थियो । तर चौथो सेटमा स्याङ्जा खेलमा फर्किदै २५–१७ ले सहज जित निकाल्दै फाइनलको यात्रा तय गरेको हो । पुरुषतर्फको दोस्रो खेलमा तनहुँले म्याग्दीलाई ३–१ सेटले पराजित गर्दै फाइनलमा पुगेको हो । तनहुँले २१–२५,३२–३० २५–१४ र २५–२० को जित निकाल्दै फाइनलमा स्याङ्जासँगको भेट निश्चित गरेको हो ।
प्रतियोगिता संयोजक खगेन्द्र गौचनका अनुसार शनिबार बिहान महिला र पुरुषतर्फ दुवैको तेस्रो स्थानका लागि खेलहरु सञ्चालन हुनेछन । महिलातर्फ तेस्रो स्थानका लागि तनहुँ र कास्की तथा पुरुषतर्फ म्याग्दी र पर्वत भिड्नेछन् भने महिलाको फाइनल बिहान साढे ११ बजे बजे र पुरुषको फाइनल खेल दिउँसो १ बजे सुरु हुनेछ ।
प्रतियोगिताको बिजेता महिला र पुरुष टोलीले समान २–२ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता दुबैले नगद १–१ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्ने टोलीले नगद ५०–५० हजार रुयैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीलाई नगद ५–५ हजार तथा उत्कृष्ट ‘सेटर’, ‘डिफेन्डर’, ‘स्पाइकर’ र ‘लिफ्टर’लाई समेत नगद ५–५ हजारसहित ट्रफी र मेडल प्रदान गरिने संघका उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक गौचनले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति
अनलाइन प्रणालीबारे थाहा नहुँदा श्रम कार्यालयमा भीड
पानी भए पो पँधेरो : रुपाका गाउँमा अझै खानेपानी समस्या
उपभोक्तालाई नै छैन वास्ता, राेकिएन ठग्ने ठगिने क्रम
‘प्रधानमन्त्री पाउँ पनि भनेको छैन, आयो भने भाग्नेवाला पनि छैन’
hero news full width
मुख्य समाचार
‘सरकार र चन्द समूहको वार्ता सकारात्मक दिशातर्फ उन्मुख’
स्मार्ट सिटी पोखरामा फोहोरको दुर्गन्ध
फागुन १९, २०७७पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति, प्राज्ञ सदस्यले लिए सपथ
फागुन १९, २०७७भिर छिचाेलेर दर्मिजामा माेटरबाटाे
फागुन १९, २०७७फेवातालमा पानी भर्न थालेपछि बल्ल माटाे झिक्न सुरु
फागुन १९, २०७७आँखा उपचारमा अब्बल पाेखराकाे हिमालय आँखा अस्पताल
फागुन १८, २०७७