पोखरा । ११ कक्षाकी छात्रालाई होटलमा लगेर परीक्षा दिलाएको र जबरजस्तीको आरोप लागेका पोखराका १ शिक्षक कारागार चलान भएका छन् ।
जिल्ला अदालत कास्कीका न्यायाधीश श्रीकृष्ण अधिकारीको इजलासले गरेको आदेश अनुसार शिक्षक शिरिषकुमार बस्ताकोटी पुर्पक्षका लागि जेल चलान भएका हुन् । अमर्यादित परीक्षा चलाएको आरोप लागेका अरु ३ शिक्षक धरौटीमा छुटेको अदालतका सूचना अधिकारी नील पनेरुले बताए ।
घटना विवरण अनुसार कक्षा ११ की छात्रालाई ऐच्छिक अंग्रेजी विषयको परीक्षा लिन शिक्षक बस्ताकोटीले मंसिर १२ गते रुपाताल पु¥याएका थिए । जबकि स्कुल पोखरा १ को टुँडिखेलमा छ ।
होटलको कोठामा परीक्षा लिएर बियर र मासु खाएपछि छात्रामाथि जबरजस्तीको प्रयास गरेको आरोप शिक्षक बस्ताकोटीमाथि लागेको छ । अरु शिक्षकको मिलेमतोमा बस्ताकोटीले ती छात्रालाई मोटरसाइकलमा राखी रुपाताल पु¥याएका थिए । घटना भने २ महिनापछि मात्र बाहिरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिले परीषा बोर्डमा दिएको उजुरीका आधारमा प्रहरीले प्रहरीले शिक्षक बस्ताकोटीलाई पक्राउ गरी मुद्दा चलाएको हो ।
बस्ताकोटीले विद्यालयका शिक्षक तथा सहायक केन्द्राध्यक्ष घनश्याम रेग्मीले ती छात्रालाई जसरी पनि पास गराइदिनुपर्ने भन्दै रेस्टुरेन्टमा लगेर परीक्षा दिने वातावरण बनाउन निर्देशन दिएपछि आफूले त्यसै अनुसार गरेको उनको बयान थियो ।
परीक्षा अमर्यादित बनाएको आरोप लागेका विद्यालयका प्रअ सूर्य तिवारी अदालतले ५० हजार र सहायक केन्द्राध्यक्ष ७५ हजार धरौटीमा छुटेका छन् । अदालते परीक्षामा सहभागी छात्रासँग पनि ५० हजार धरौटी मागेको छ ।
Related News
सम्बन्धित समाचार
सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति
अनलाइन प्रणालीबारे थाहा नहुँदा श्रम कार्यालयमा भीड
पानी भए पो पँधेरो : रुपाका गाउँमा अझै खानेपानी समस्या
उपभोक्तालाई नै छैन वास्ता, राेकिएन ठग्ने ठगिने क्रम
पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति, प्राज्ञ सदस्यले लिए सपथ
hero news full width
मुख्य समाचार
‘प्रधानमन्त्री पाउँ पनि भनेको छैन, आयो भने भाग्नेवाला पनि छैन’
‘सरकार र चन्द समूहको वार्ता सकारात्मक दिशातर्फ उन्मुख’
फागुन १९, २०७७स्मार्ट सिटी पोखरामा फोहोरको दुर्गन्ध
फागुन १९, २०७७भिर छिचाेलेर दर्मिजामा माेटरबाटाे
फागुन १९, २०७७फेवातालमा पानी भर्न थालेपछि बल्ल माटाे झिक्न सुरु
फागुन १९, २०७७आँखा उपचारमा अब्बल पाेखराकाे हिमालय आँखा अस्पताल
फागुन १८, २०७७