पोखरा । गरिमा विकास बैंक लिमिटेडकोे अध्यक्षमा श्यामप्रसाद बस्याल चयन भएका छन् । शुक्रबार पोखरामा भएको १४ औं वार्षिक साधारण सभाबाट सञ्चालक चयन भएकामा उनीहरुमध्येबाट बस्याल सर्बसम्मत रुपमा अध्यक्ष चयन भए ।
साधारसभाबाट संस्थापक सेयरधनी समूहबाट श्यामप्रसाद बस्याल, डा. आनन्दप्रसाद श्रेष्ठ र दीपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समूहतर्फबाट विमल पाण्डे, सञ्जीव ढकाल र सरस्वती पाठक निर्विरोध निर्वाचित भएका थिए ।
शुक्रबार सम्पन्न साधारणसभाले सेयरधनीहरुलाई १३.५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश गरी कुल १४.२१ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
३ अर्ब २३ करोड ८६ लाख ८९ हजार चुक्ता पुंजी रहेको विकास बैंकको १३.५ प्रतिशत बोनस सेयर वितरण पश्चात चुक्ता पुँजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले जानकारी दिए ।
साधारण सभाको लागि २०७७ माघ १२ गतेदेखि सेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा २०७७ माघ ११ गते सम्मसेयरधनीले मात्र साधारणसभाबाट पारित बोनश सेयर प्राप्त गर्नेछन ।
Related News
सम्बन्धित समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
माछापुच्छ्रेका छाेरीबुहारी चुलोचौको छाडेर लोक सेवा तयारीमा जुटे
फेवातालको क्षेत्रफल ११२५५ रोपनी
मुलुकभर दाहाल नेपाल नेपाल समूहकाे देशभर खुशीयाली सभा
सर्वाेच्चकाे फैसलाकाे सर्वत्र स्वागत, खुसियालीमा दीपावली
hero news full width
मुख्य समाचार
संसद पुनर्स्थापनापछि विजय र्याली
गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
फागुन १२, २०७७काेराेनाले नेपालमा २ हजार ६ सय ८४ काे ज्यान लियाे
फागुन १२, २०७७‘प्रधानमन्त्रीले संकटकाल लगाउन सक्दैनन्, वैधता नै छैन ’
फागुन १२, २०७७ओली समूहकाे स्थायी समिति बैठक: सरकारले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने
फागुन १२, २०७७कोरोनाको खोप : पहिलो चरणमा लक्ष्यको ८५ प्रतिशतले लगाए
फागुन १२, २०७७