पोखरा, २५ माघ । कोभिड– १९ का कारण बन्द पर्यटकीय गाउँ स्याङ्जाको सिरुबारीलगायतका होमस्टे (घरबास) ११ महिनापछि सञ्चालनमा आएका छन् । घरबास एशोसिएशन नेपालले आज पोखरामा पत्रकार सम्मेलन गरी स्याङ्जाका होमस्टे पाहुनाको आतिथ्यताको लागि तयार रहेको जानकारी दिएको हो ।
सिरुबारी सामुदायिक होमस्टेका संयोजक जुम गुरुङले जताततैका पर्यटकीय गन्तव्य खुलिसकेको अवस्थामा अब नेपालको पहिलो पर्यटकीय गाउँ सिरुबारीलगायतका घरबास पनि पाहुनालाई न्यानो आतिथ्यताले स्वागत गर्न आतुर रहेको बताए। उनले कोभिड –१९ का कारण ठप्प पर्यटन क्षेत्रलाई चलायमान बनाउन घरबास सञ्चालन गर्न आवश्यक रहेको औल्याए।
पत्रकार सम्मेलनमार्फत गुरुङले पर्यटकलाई सिरुबारीलगायतका घरबासमा आउन आग्रह गरे । उनका अनुसार स्याङ्जाामा ४९ सामुदायिक होमस्टे रहेको छ भने एक रातमा दुई हजार पाहुनालाई राख्न सकिन्छ । सिरुबारीमा मात्र २३ वटा घरमा होमस्टे सञ्चालनमा छन् । एशोसिएशनका अध्यक्ष मोहन खनालले प्राकृतिक हिमशृङ्खला, सूर्योदयको सुन्दर दृश्यसँगै गुरुङ, मगर, नेवार र भुजेल जातिको सांस्कृतिक गतिविधिलाई नजिकबाट नियाल्न र गाउँलेको न्यानो आतिथ्यतमा रमाउन स्याङ्जाका होमस्टे उत्कृष्ट रहेको बताए ।
उनका अनुसार कोभिड अगाडि उक्त स्थानमा वार्षिक करीब ११ हजार पाहुना पुग्ने गरेका तथ्याङ्क छ । स्याङ्जा पर्यटन विकास समितिका अनन्तकुमार श्रेष्ठले सिरुबारीलगायतका होमस्टे सञ्चालनसँगै हरेक महिना एक एक वटा कार्यक्रम सञ्चालन गर्दै जाने बताए। उनले माघ २७ गते सिरुबारीको आँधिखोला गाउँपालिका–ं १ मा गाउँपालिका परिचयात्मक भ्रमण, फागुन २७ गतेदेखि २९ गतेसम्म बालिङ नगरपालिका– ४ कुलमान घिसिङ झरनामा क्यानोनिङ महोत्सव तथा मैत्रीपूर्ण प्रतियोगिता र चैत २७ गते सिरुबारीमा होमस्टेमा कोभिड –१९ को प्रभावको बारेमा अन्तक्र्रिया कार्यक्रम तय गरिएको जानकारी दिए।
कार्यक्रममा आन्तरिक पर्यटन पुनरुत्थानका संयोजक अग्नि कँडेलले गाउँ पर्यटनको अग्रणी सिरुबारी देशकै नमूना होमस्टे भएकाले यहाँबाट अन्य होमस्टेले धेरै कुरा सिक्न सक्ने बताए। उनले पछिल्लो समय आन्तरिक पर्यटकका कारण ग्रामीण पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको बताउँदै पर्यटन प्रवद्र्धनका लागि सबैले आ–आफ्नो ठाउँबाट जागर चलाएर अघि बढ्नुपर्ने धारणा राखे। उनले पछिल्लो समय होमस्टेमा शहरबजारबाट लगिएका खानेकुराले स्थानीय स्वादलाई विस्थापित गरिरहेको उल्लेख गर्दै घरबासमा स्थानीय उत्पादनमा जोड दिएर पाहुनालाई आर्कषित गर्नुपर्ने उनको भनाइ थियो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोभिड– १९ का कारण मानिस शान्त र प्राकृतिक वातावरणको खोजीमा रहेको उल्लेख गर्दै गाउँ पर्यटनमा आर्कषण बढेको बताए। उनले कृषि र पर्यटनलाई जोडेर स्थानीय उत्पादनको स्वाद र स्थानीय रहनसहन संस्कृतिलाई घरबास कार्यक्रममा बढी जोड दिनुपर्ने बताए।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले ग्रामीण पर्यटन प्रवद्र्धन गर्न र घरबासको बारेमा सही सूचना दिन पर्यटन बोर्डले मोबाइल एप्स तयार गर्न लागेको जानकारी दिए।
Related News
सम्बन्धित समाचार
वेगनास तालको प्रवद्र्धन गर्दै स्थानीय
कानुन निर्माणका लागि सरोकारवालाबीच अन्तक्र्रिया
हाइकर्स क्लब टोली कालाबाङ घरेडीमा
‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’
होमस्टे महासंघको प्रशिक्षक प्रशिक्षण
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
जेठ ७, २०८१एकातिर खोला, अर्कैतिर पुल
जेठ ६, २०८१ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१