हाइकर्स क्लब टोली कालाबाङ घरेडीमा

आदर्श समाज सम्वाददाता
जेठ १, २०८१
oplus_2

oplus_2

पोखरा । हाइकर्स क्लब नेपालको आयोजनामा आयोजित हाइकिङ भाग ४६ को अवसरमा कालाबाङ घरेडी सामुदायिक होमस्टेको प्रवद्र्धन गरेको छ ।

स्वास्थ र पर्यटनको लागि हाइकिङ नाराका साथ हरेक महिनाको अन्तिम शनिबार हाइकिङ कार्यक्रम गर्दै आएको क्लबका सदस्य र पदयात्राप्रेमी वैशाखको अन्तिम शनिबार कालाबाङ घरेडी सामुदायिक होमस्टेमा पुगेको क्लबका अध्यक्ष कृष्ण रानाभाटले बताए ।

हाइकिङमा सहभागीलाई स्वागत गर्दै होमस्टे अध्यक्ष यामबहादुर गुरुङले होमस्टेले गाउँ मुहार फेरिएको, गाउँ फर्केर पर्यटन र कृषिमा लाग्नेको संख्या बढ्दै गएको बताउँदै खानेपानी व्यवस्थापनमा सम्बन्धित निकाएको बेलैमा ध्यान जानुपर्ने बताए ।

हाइकिङमा विद्यार्थी, कर्मचारी, व्यवसायी, पत्रकार सहभागी थिए । उनीहरूले कालाबाङ घरेडीको शिरमा निर्माणाधीन बुद्ध पार्क, होमस्टे सञ्चालन रहेका घरहरू, गुम्बा, सामुदायिक समाज घर, स्थानीय खेतीपातीको अवलोकन गर्दै पुम्दीकोट, शान्ति स्तूप, रानीवन हुँदै ड्यामसाइडसम्म २० किमी पैदल हिँडेका क्लबका उपाध्यक्ष ज्योति हमालले बताइन् ।

क्लबले आजीवन र साधारण सदस्य बनाउने गरेको छ भने स्थानीय निकायहरूसँग सहकार्य गर्ने योजना रहेको कोषाध्यक्ष टीका आचार्य सुबेदीले बताइन् । उनले हाल ७० जना क्लबमा आबद्ध भएको पनि जानकारी दिएकी छन् ।

ट्रेकिङ गाइड तथा क्लबका कार्यसमिति सदस्य सुन्दर त्रिपाठीले पैदल यात्राका क्रममा ध्यान दिनुपर्ने कुरा बताएका थिए भने अर्का सदस्य तिलक थापाले क्लबले आयोजना गर्ने कार्यक्रममा नियमित सहभागी हुन आग्रह गरे ।

Related News

सम्बन्धित समाचार

  • वाटर फ्रन्टको पर्खाल बहुमतका कार्यकर्ताले भत्काए

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । धर्मेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का नेता कार्यकर्ताहरुले पोखराको फेवाताल किनारको वाटर फ्रन्ट होटलको पर्खाल…
  • पर्वतीय महोत्सव तयारी

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराको संयुक्त आयोजनामा पोखरा–१७ स्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा २३–२७ मंसिरसम्म पर्वतीय…
  • कधलान्दु्रकमा हनी हन्टिङ महोत्सव

    आदर्श समाज सम्वाददाता मंसिर १०, २०८१
    पोखरा । कास्कीको पर्यटकीय गाउँ लान्द्रुकमा भिरमौरीको मह काढ्ने (हनी हन्टिङ) महोत्सव तयारी थालिएको छ । अन्नपूर्ण गाउँपालिका ७ स्थित…
  • शिक्षक संगठनमा श्रीकान्त

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन, पोखरा महानगर समितिले संगठन सुदृढीकरण तथा विस्तार कार्यक्रमअन्तर्गत वडा १ मा शिक्षक भेला गरी…
  • पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानको माग

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८१
    पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तराष्ट्रिय उडान हुनुपर्ने मागसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराइएको छ । गण्डकीका उद्योग…

hero news full width