नवलपरासी । प्रचण्ड नेपाल समूहको नेकपाका युवा नेता योगेश भट्टराईले पूर्व राजा ज्ञानेन्द्र र प्रधानमन्त्री ओली भोलि एउटै पार्टीको अध्यक्ष भए पनि कुनै अनौठो मान्नु नपर्ने बताएका छन् । नेता भट्टराईले ओलीको पछिल्लो साँठगाँठ र गतिविधिप्रति आशंका गर्ने भने – भोलि ओली र पूर्वराजा ज्ञानेन्द्र एउटै पार्टीको दुई अध्यक्ष भए भने पनि अनौठो मान्नु पर्दैन ।
शनिबार पूर्वी नवलपरासीको कावासोतीमा प्रचण्ड नेपाल समूहको युवा तथा विद्यार्थीहरुको जिल्ला स्तरको भेला तथा प्रशिक्षणलाई सम्बोद्धन गर्र्दै यस्तो बताएका हुन् । नेता भट्टराईले अझै पार्टीको एकताको सम्भावना कायमै रहेकोमा जोड दिंदै पद र व्यक्तिवादी चरित्रलाई भन्दा ३ करोड नेपालीको सपनालाई ध्यान दिएर पार्टी एकता हुन कुनै समस्या नरहने बताए ।
नेपाली जनताले आफ्नो सपना पुरा गर्ने कम्युनिष्ट पार्टीलाई झण्डै दुई तिहाई बहुमत दिएको जिकिर गर्दै नेता भट्टराईले प्रधानमन्त्री ओली आफ्नै कारणले ३ करोड नेपाली जनताको मलामी जान परेको आरोप लगाए ।
उनले भने – नारायणहिटी अगाडिको भेला कुनै उत्सव होइन, त्यो मलामीहरुको भेला हो त्यसको अगुवाई प्रधानमन्त्री ओलीले गरिरहेका थिए । नारायणहिटी अगाडिको प्रदर्शनमा सरकारले शक्तिको दुरुपयोग गरेको आरोप उनको थियो ।
नेता भट्टराईले सर्वोच्चले संसद पुनस्थापना गर्नु पर्ने र निर्वाचन आयोगले नेकपाको केन्द्रीय कमितिको बहुमत सदस्यताको आधारमा पार्टीको आधिकारिता र सूर्य चुनाव चिन्ह दिनु पर्नेमा जोड दिए ।
मदन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा युवा संघका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा दिपशीखा, अनेरास्ववियुका केन्द्रिय सहसंयोजक रन्जित तामाङ लगायतले बोलेका थिए ।
कार्यक्रम सुरु हुनु पूर्व कावासोतीको थाना चोकदेखि पुरानो कावासोतीसम्म ¥याली समेत निकालिएको थियो ।
Related News
सम्बन्धित समाचार
पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
जहाँ माछाको काजकिरिया गरिन्छ
एचआइभी संक्रमितलाई छैन डायलासिस सेवा
प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस
विप्लव नेकपा मुस्ताङ इन्चार्ज पक्राउ
hero news full width
मुख्य समाचार
उपकुलपति प्राडा बुद्धिबहादुर थापालाई तनहुँ रत्न पुरस्कार
मापसे चेकिङ गर्न ट्राफिकलाई कोरोनाको त्रास
फागुन १४, २०७७बिरामी बाेकेकाे जिप दुर्घटना हुँदा १ को मृत्यु, ४ घाइते
फागुन १४, २०७७कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : नेकपा फुटेको छैन, हतारमा निर्णय नगरौँ
फागुन १३, २०७७पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
फागुन १३, २०७७नेपाली खानालाई विश्वभर पस्किँदैछुः सन्तोष साह
फागुन १३, २०७७