दमौली । सीप र जाँगर भयो भने सानो लगानीले स्वदेशमै राम्रो कमाइ गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् भीमाद १ ठाडोलाइनकी उद्यमी धनु राना । उनले भाडामा घर लिएर ‘धनु अचार ’ उद्योग सञ्चालन गरेर विभिन्न ४४ परिकारका उत्पादन बजारमा ल्याएकी छन् । ६ वर्षअघि २ लाख लगानी गरेर साना तथा घरेलु व्यवसायको रुपमा सुरु गरिएको अचार उद्योगबाट उनले अहिले मासिक ८ देखि ९ लाखसम्म आम्दानी गरिरहेको बताउँछिन् ।
उनको उद्योगमा उत्पादित अचारको माग स्थानीय बजारमा मात्र नभएर काठमाडौं, हेटौंडा, पोखरा र स्याङ्जा बजारमासमेत बढ्दै गएको छ । उद्योगबाट वार्षिक १० देखि २० हजार किलोग्राम विभिन्न ब्रान्डका अचार उत्पादन हुँदै आएको छ । अहिलेसम्म २५ लाख लगानी भइसकेकोे उद्योगमा ५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । अचार बनाउन धेरै लगानी नचाहिने र बजारमा सजिलै बिक्री हुने गरेको उनको भनाइ छ । अचार बनाउनका लागि स्थानीय क्षेत्रमा उत्पादन हुने कच्चा पदार्थलाई नै प्रयोग गरिँदै आएको हुँदा यसबाट कृषि क्षेत्रकै समग्र विकासमा सघाउ पुगिरहेको उनको धारणा छ । ६ वर्ष पहिला काठमाडाैंमा १० वर्ष होटल व्यवसाय गरेकी उनले अचारमा राम्रो भविष्य देखेकी छन् । उद्योग खोल्नु अघि उनीले काठमाडौंमा होटल सञ्चालन गरिरहेको क्रममा अचार बनाउने सीप सिक्न पाएपछि उनले अचार उद्योगमा लगानी गरेको सुनाउँछिन् ।
भीमादकी धनु रानाले अचार बनाएरै मासिक ९ लाख रुपैयाँसम्म आम्दानी गर्छिन् ।
उनको उद्योगमा अकबरे दाना, अकबरे पेस्ट, टिमुर–लसुनको पेस्ट, अकबरे–तामा, मिक्स आचार, कागती दाना, कागती पेस्ट, किबी, स्याउ, मेथीको पेस्ट, करेलालगायत विभिन्न स्वादका अचार बन्ने गरेको छ । उद्योगका लागि आवश्यक अकबरे खुर्सानी, कागती, किबी, बाँसको तामा, टिमुर, लसुन, करेलालगायतका फलफूल भीमाद, रिसिङ लगायत गाउँमा गएर कृषकको खेतबारीबाटै ल्याइने उनी बताउँछिन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला अध्यक्ष कल्पना गौलीले अचार उद्यमी मात्र नभएर एउटा कुशल प्रशिक्षक भएको बताउँछिन् ।
धनुले विभिन्न जिल्लामा सयभन्दा बढी समूहलाई अचार बनाउने तालिम दिएकी छन् । उनीबाट तालिम लिएकाहरुले तनहँुमा दर्जनांै घरेलु उद्योग सञ्चालन गर्न थालिसकेका छन् । ‘म आफूमात्र उद्योगी भएर हुँदैन, अरुलाई पनि सीप सिकाएर आत्मनिर्भर बनाउनुपर्छ भन्ने सोचाइले तालिमलाई प्राथमिकता दिइरहेको छु, धनु भन्छिन् । हालसम्म हातले अचार उत्पादन गरिरहेको जनाउँदै अब नयाँ प्रविधि आइसकेको हुँदा मेसिनले अचार बनाउन थाल्ने हो भने थोरै अवधिमा धेरै उत्पादन गर्न सकिने उनले बताइन् । उनका अनुसार लकडाउनमा अचारले बजार नपाउँदा झन्डै ३५ लाख जतिको अचार खेरा गयो ।
Related News
सम्बन्धित समाचार
स्मार्ट सिटी पोखरामा फोहोरको दुर्गन्ध
पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति, प्राज्ञ सदस्यले लिए सपथ
भिर छिचाेलेर दर्मिजामा माेटरबाटाे
फेवातालमा पानी भर्न थालेपछि बल्ल माटाे झिक्न सुरु
आँखा उपचारमा अब्बल पाेखराकाे हिमालय आँखा अस्पताल
hero news full width
मुख्य समाचार
बिएण्डसी टिचिङ हस्पिटललाई सम्बन्ध दिने तयारी
फेवातालको विवरण पहिलोपल्ट राजपत्रमा, माटो निकाल्ने कार्य सुरु
फागुन १८, २०७७प्रदेश सरकार भूमिहीन, संघको जग्गामा पहिलाे भवन शिलान्यास
फागुन १८, २०७७कारागारमा कुटपिटपछि २५ कैदी रातारात सारियाे
फागुन १७, २०७७प्रधानमन्त्री ओलीलाई सुरक्षा थ्रेट !
फागुन १७, २०७७बेवारिसेका अभिभावक विद्यालय
फागुन १७, २०७७