पोखरा। युनाइटेड क्लब पोखराले मादीको ताङतिङस्थित हिमालय मिलन माविमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । क्लबको शिक्षा कार्यक्रम अन्तर्गत विद्यालयका ५३ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको क्लब महासचिव शान्तबहादुर थापाले जानकारी दिए ।
मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ ‘श्याम’ ले क्लबले पोखरामा महोत्सवको आयोजना गरी बचत रकम सामाजिक सेवामा समर्पित गर्नुले क्लबको सामाजिक काममा गाउँपालिकाले साथ र सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
मादी वडा २ अध्यक्ष एक्काजंग गुरुङले विपन्न परिवारका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेकामा वडाको तर्फबाट आभार प्रकट गरे ।
क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले गाउँ तथा दूरदराजमा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्रीसँगै न्यानो कपडा वितरण गर्ने कार्य क्लबले स्थापनाकालदेखि नै गर्दै आएको जानकारी दिए ।
हिमालय मिलन माविका प्रअ ओमप्रकाश गुरुङले क्लबको गुन बिर्सन नसकिने बताए ।
कार्यक्रममा क्लब अध्यक्ष राजु श्रेष्ठ, निवर्तमान अध्यक्ष तथा शैक्षिक कार्यक्रम संयोजक लालकाजी गुरुङले आगामी दिनमा ताङतिङ होम स्टे प्रवद्र्धनका लागि आउने महोत्सवमा स्टल निशुल्क उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे ।
क्लबले वर्षेनी अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गर्दै शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि चिडियाखाना निर्माणसँगै सेती नदी संरक्षण र प्राकृतिक विपदमा परेकाहरुलाई आर्थिक सहयोग गर्दै आएको छ । साथै क्लबले शिक्षा कार्यक्रम अन्तर्गत हरेक वर्ष विद्यालयमा पुगी विद्यार्थीलाई न्यानो कपडा हस्तान्तरण गर्दै आएको जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पेचिलो पोखराको पार्किङ
विन्दुवासिनी संस्कृत विद्यापीठको पक्की छात्राबास
माटो निकालेर फेवातालको आयु बढाइने
पाेखरा महानगरमा थपिए ६ ऐन, १७ ऐन संशोधन
पाेखरा महानगरका अस्थायी र सेवा करारका कर्मचारीलाई गाेल्डेन ह्यान्डसेक
hero news full width
मुख्य समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
माछापुच्छ्रेका छाेरीबुहारी चुलोचौको छाडेर लोक सेवा तयारीमा जुटे
फागुन १३, २०७७फेवातालको क्षेत्रफल ११२५५ रोपनी
फागुन १३, २०७७संसद पुनर्स्थापनापछि विजय र्याली
फागुन १२, २०७७गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
फागुन १२, २०७७काेराेनाले नेपालमा २ हजार ६ सय ८४ काे ज्यान लियाे
फागुन १२, २०७७