एजेन्सी : म्यानमारको सेनाले देशकी सर्वोच्च नेता आङ सान सू ची सहितका नेताहरुलाई गिरफ्तार गरी सत्ता कब्जा गरेको छ।
सोमबार विहानै सेनाले राष्ट्रिय टेलिभिजनमा संवोधन गर्दै म्यानमारमा एक वर्षसम्म संकटकाल लागू गरिएको जनाएको छ। राजधानी र प्रमुख सहरमा टेलिफोन र इन्टरनेट सेवा बन्द गराइएको छ।
१० वर्षअघि आफैंले बनाएको संविधान उल्लंंघन गर्दै म्यानमारको सेनाले देशको सत्ता सैन्य प्रमुख आङ लाइङलाई सुम्पिएको जनाएको छ।
म्यानमारमा सन् २०११ मा लोकतान्त्रिक सुधार हुनु अघिसम्म सैन्य सरकार थियो।
त्यहाँ सरकार र सेनाका बीच नोभेम्बरमा भएको निर्वाचनको परिणामलाई लिएर विवाद थियो। निर्वाचनमा सू चीको पार्टी नेसनल लिग फर डेमोक्रेसीले ठूलो अन्तरले जीत हासिल गरेको थियो तर सेनाले निर्वाचनमा धाँधली गरिएको आरोप लगाउँदै आएको थियो।
नेसनल लिग फर डेमोक्रेसीले निर्वाचनमा ८३ प्रतिशत सिट जितेको थियो । यसलाई म्यानमारका जनताले जनमत संग्रहका रुपमा लिएका थिए। सन् २०११ मा सैन्य शासन समाप्त भएपछिको यो दोस्रो निर्वाचन थियो।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१