कास्की । कोरोना भाइरस सङ्क्रमणका कारण लामो समय ठप्प रहेका खेलकूद गतिविधि पोखरामा सुचारु हुने तयारीमा छन् ।
वर्षभरिनै खेलकूद गतिविधि भइरहने यहाँ कोरोना महामारीपछि गत चैत पहिलो सातादेखि खेल गतिविधि रोकिएकामा पछिल्लो समय फुटबल, भलिबललगायत खेलका प्रतियोगिताका तयारी गरिएको छ ।
गत मङ्सिर पहिलो सातादेखि सरकारले खेलकूद प्रशिक्षणलगायतका गतिवधि सञ्चालन गर्ने निर्णय गरेपछि खेल प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।
कास्की जिल्ला भलिबल सङ्घको आयोजनामा पोखरामा फागुन पहिलो साता ‘मुख्यमन्त्री कप महिला तथा पुरुष अन्तर जिल्ला’ भलिबल प्रतियोगिता हुने भएको छ ।
भलिबल खेलका माध्यमबाट गण्डकी प्रदेशलाई ‘खेलकूदको हब’का रुपमा विकास गर्ने लक्ष्यसहित आगामी फागुन ४ देखि ८ गतेसम्म पोखरा रङ्गशालाभित्रको भलिबल कोर्टमा प्रतियोगिता गरिने सङ्घका जिल्ला अध्यक्ष भीम पराजुलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगिताको तयारीस्वरुप अहिले जिल्लास्तरमा खेलाडी छनोट प्रक्रिया सञ्चालन भइरहेको छ । उहाँले भन्नुभयो, “गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगितालार्ई लक्ष्य गरी प्रतिभावान भलिबल खेलाडी उत्पादन गर्ने तथा प्रदेशमा खेलकूद विकासको उद्देश्यले पहिलोपटक मुख्यमन्त्री कप गर्न लागेका हौँ ।
खेलाडी छनोटलगायत तयारीका काम भइरहेको छ ।” प्रतियोगिताको विजेता महिला र पुरुष टोलीले समान रु दुई लाख र ट्रफी पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले रु एक लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । यसैगरी तृतीय टोलीले रु ५० हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले नगद रु पाँच÷पाँच हजार तथा उत्कृष्ट ‘सेटर’, ‘डिफेण्डर’, ‘स्पाइकर’ र ‘लिफ्टर’ले समेत रु पाँच हजारका दरले पुरस्कार पाउने छन् । गण्डकी प्रदेशको कास्की, स्याङ्जा, गोरखा, तनहुँ, मनाङ, मुस्ताङ, नवलपुर, म्याग्दी, बागलुङ, लमजुङ र पर्वत गरी ११ वटै जिल्लाको प्रतियोगितामा सहभागिता रहने आयोजकले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडी सम्मानित
पोखरामा नेपाल लोकतान्त्रिक खेलकुदको भलिबल
फेवातालमा पौडी प्रतियोगिता
राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम
राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम
hero news full width
मुख्य समाचार
धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१