हेमजा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा, बगरको आयोजनामा विद्युतीय अपराध सम्बन्धमा सचेतनामूलक कार्यक्रम भएको छ ।
सनफ्लावर बोर्डिङ स्कुलको व्यवस्थापनमा विद्यालयका कक्षा ९ र १० विद्यार्थीलाई सो बारे सचेतना गराइएको हो ।
त्यस अवसरमा साइबर अपराधको परिचय, अपराधका कारण, अनुसन्धान गर्ने निकाय, अनुसन्धानका समस्या, सञ्जालको सुरक्षित प्रयोग र विगतमा देखिएका घटनाक्रम सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक खगेन्द्र अधिकारीले प्रशिक्षण दिएका थिए । उनले इन्टरनेटको गलत प्रयोग भई मानसिक पीडा, चरित्र हत्या, हिंसा वा अफवाह फैलाउने कार्य भइरहेको औल्याए ।
त्यस्तै यौनजन्य अश्लीलता, इन्टरनेट फ्रड, एकाउन्ड ह्याक, क्रेडिट कार्ड तथा एकाउन्ट लगायतको चोरी गरी बैंकिङ कसूर गर्ने गरिएको पनि जनाइयो।
कार्यक्रममा संस्थाका अध्यक्ष रामभूषण पराजुली, कार्यक्रम संयोजक कमलप्रसाद बास्तोला, प्रधानाध्यापक अमर माइकल गुरुङ, सदस्य कृष्णबहादुर तामाङ लगायतले धारणा राखेका थिए ।
Related News
सम्बन्धित समाचार
स्कुल टिकाउन विद्यार्थी वन्धक !
नाइकेको विषयमा कारागार भित्रै झडप
बलात्कारीलाई १८ वर्ष कैद
‘भवितव्य’ भनिएको घटना हत्या
गजबारले हानेर बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ
hero news full width
मुख्य समाचार
नेपालकै ठूलो धनराशिको फुटसल
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
फागुन १६, २०७७प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
फागुन १६, २०७७