पोखरा । नयाँसडक सुधार समिति, पोखराले प्रहरी बिट निर्माण गरी प्रहरीलाई हस्तान्तरण गरेको छ ।
न्युरोड (नयाँसडक) क्षेत्रमा बढ्दै गएको व्यावसायीकरणसँगै शान्तिसुरक्षाको चुनौती थपिएकोले सोको न्यूनीकरणका लागि न्युरोड सुधार समिति र प्रहरी प्रशासनको सहकार्र्यमा २ बिट निर्माण गरिएको थियो । बिट निर्माणमा ३ लाख रुपैयाँ खर्च भएको समितिका सहसचिव ओम उपाध्यायले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुवास हमाल र वडा प्रहरी कार्यालय बैदाम इन्चार्ज प्रहरी नायव उपरीक्षक चिनिमाया तामाङले उद्घाटन गरेका थिए ।
नयाँसडक सुधार समिति अध्यक्ष दीपेन्द्र मर्सानीले चाबीसहित प्रहरी बिट हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा डीएसपी हमालले घामपानीको बेला प्रहरीलाई ड्यूटीमा खटेर सुरक्षा दिन अत्यन्तै समस्या परेको अवस्थामा बिट सहयोगप्रति आभार प्रकट गरे ।
पोखरा ९ का वडाध्यक्ष रामराज लामिछानेले मानवतासँग जोडिएको विषय भएकोले प्रहरी बिट राख्ने निर्णय गरिएको बताए ।
कार्यक्रममा वडा ९ का वडासचिव लोकदर्शन कोइराला, बिट निर्माण समिति संयोजक नीरज गुरुङ, नयाँसडक सुधार समिति अध्यक्ष दीपेन्द्र मर्सानीलाई सम्मान गरियो ।
कार्यक्रम सञ्चालन नयाँसडक सुधार समिति सचिव कृष्ण मर्सानी र प्रहरी नायव निरीक्षक होतबहादुर रोकाहाले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
बुढ्यौलीमा फर्कियो आँखाकाे ज्योति
उपकुलपति प्राडा बुद्धिबहादुर थापालाई तनहुँ रत्न पुरस्कार
फेवातालको क्षेत्रफल ११२५५ रोपनी
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
नेपाल–भारत मैत्री संघको साधारण सभा
hero news full width
मुख्य समाचार
प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस
विप्लव नेकपा मुस्ताङ इन्चार्ज पक्राउ
फागुन १४, २०७७मापसे चेकिङ गर्न ट्राफिकलाई कोरोनाको त्रास
फागुन १४, २०७७बिरामी बाेकेकाे जिप दुर्घटना हुँदा १ को मृत्यु, ४ घाइते
फागुन १४, २०७७कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : नेकपा फुटेको छैन, हतारमा निर्णय नगरौँ
फागुन १३, २०७७पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
फागुन १३, २०७७