कलाकार धनबहादुर गायककाे निधन

आदर्श समाज सम्वाददाता
माघ १२, २०७७
dhan bahadur gayak

पोखरा । सार‌ंगी संरक्षणका अभियन्ता, चर्चित गायक एव‌ं शब्द संकलक धनबहादुर गायककाे  साेमबार बिहान निधन भएकाे छ ।

खोलामा नुहाउने क्रममा लडेर घाइते भएका गायककाे  मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालकाे आइसियुमा राखेर उनकाे उपचार भइरहेकाे थियाे । बिहान साढे ८ बजे उनकाे निधन भएकाे राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी अध्यक्ष सुरेन्द्र गुरुङले बताए ।

उच्च रक्तचापका बिरामी गायक त्यसैका कारण खाेलामा पल्टेकाे अनुमान गरिएकाे छ । २०२१ साल वैशाख ६ गते पोखराको बाटुलेचौरमा उनी जन्मेका हुन् । उनकी आमा चदर गायक र बाबु बखतबहादुर गायक हुन् ।

क्रिस्चियन धर्म मान्दै आएका कलाकार गायकको क्रिस्चियन परम्पराअनुसार अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ । शव अहिले अस्पतालबाट उनको निवास बाटुलेचौरमा अन्तिम श्रद्धाञ्जलीका लागि लगिएको छ ।

प्रविण गुरुङले गाएका सदावहार चर्चित  यो दाजुको मिर्मिरे आँखा, बेली र चमेलीजस्ता गीतका सर्जक धनबहादुर युवापुस्तालाई सांरगीप्रति टिकाइराख्न प्रयासरत थिए ।

पाेखराकै बाटुलेचौर निवासी उनी सारंगी पाठशाला समेत चलाउँदै आएका थिए । जसमा बालबालिकालाई निशुल्क रुपमा सारंगी र मादल लगायत वाद्यवादन सामग्री बजाउन सिकाइन्छ ।

पोखरा महानगरपालिकाले गठन गर्न लागेको प्रज्ञा प्रतिष्ठान  सदस्यका लागि उनकाे नाम सिफारिस भएको थियाे ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै