लेखनाथ जेसिज र जुनियर जेसिजको पदस्थापन

आदर्श समाज सम्वाददाता
माघ ११, २०७७
jci lekhnath

लेखनाथ । लेखनाथ जेसिज र जुनियर जेसिजको वर्ष २०२१ मा निर्वाचित पदाधिकारीको शनिबार संयुक्त पदस्थापन भएको छ ।

लेखनाथ जेसिज वर्ष २०२० का अध्यक्ष चिरञ्जीवी न्यौपानेले वर्ष २०२१ का अध्यक्ष नवराज पौडेललाई र लेखनाथ जुनियर जेसिजको वर्ष २०२० का अध्यक्ष सुजन तिमिल्सेनाले वर्ष २०२१ का अध्यक्ष शिवानी केसीलाई पद तथा गोपनीयताको सपथ गराए ।

कार्यक्रममा जेसिजका कार्यकारिणी उपाध्यक्ष भोजराज चापागार्इंले युवाको क्षमता अभिवृद्धि गर्दै नेतृत्वदायी भूमिकामा पु¥याउनु नै जेसिजको अभियान हो भने ।

पोखरा ३० का वडाध्यक्ष श्रीराम पोख्ररेलले जेसिजले मानिसलाई अनुशासित र आफ्नो क्षमता अभिवृद्धिमा सहयोग पु¥याउँदै आएको बताए ।

लेखनाथ जेसिजका संस्थापक अध्यक्ष बावुराम जमरकट्टेलले समाजका लागि केही गरौं भन्ने सोच भएका युवाको समूह नै जेसिज हो भने ।

लेखनाथ जेसिज अध्यक्ष नवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा जेसिजका अध्यक्ष इ.किरण केसी, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय, लेखनाथ जेसिजका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, ऋणिराम जमरकट्टेल र सामुदायिक लेखनाथका अध्यक्ष त्रिलोचन लामिछाने लगायतले जेसिज अभियानबारे बोलेका थिए ।

लेखनाथ जेसिजका महासचिव सिपी ढुंगानाले सञ्चालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष रोशन अधिकारीले गरेका थिए ।

कार्यक्रममा दीननाथ र अमृता सम्मेलन एवार्ड समेत वितरण गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width