पोखरा। ज्येष्ठ नागरिक सरोकार समाज नेपालको बुधबार आठौं साधारणसभा एवं ज्येष्ठ नागरिक सम्मान तथा पुरस्कार अर्पण समारोह भएको छ । कार्यक्रमको उद्घाटनपछि पोखरा महानगरपालिका ९ का अध्यक्ष रामराज लामिछानेले ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका सम्पति भएको बताए ।
‘वृद्धवृद्धाहरु पछिल्लो पुस्ताको लागि एक अमूल्य सम्पति हुन्’, उनले भने, ‘उनीहरुको अनुभव नै नयाँ पुस्तालाई अगाडि बढ्न काफी हुन्छ ।’ संस्थाले स्थापना कालदेखि नै ज्येष्ठ नागरिकहरुको हकहित र संरक्षणको क्षेत्रमा आएकोमा प्रशंसा गरे । संस्थाका लागि वडाबाट पनि सहयोग गर्ने उनको भनाइ छ । ज्येष्ठ नागरिक सरोकार समाजको विकासका लागि आगामी वर्षमा बजेट छुट्याउने उनले बताए ।
संस्थाको साधारणसभामा जेष्ठ जेष्ठ नागरिकहरु मुद्दामा आवाज उठाउँदै सहयोग गरेको भन्दै एभिन्यज टेलिभिजनका सुशील पाण्डेलाई पुरस्कार अर्पण गरिएको छ । उनलाई नगद १५ हजार रुपैयाँसहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको समाजका सचिव इच्छाबहादुर वाग्लेले बताए ।
बुधबार नै समाजले ७५ वर्षमाथिका ७ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा त्रिभुवन शर्मा, ईश्वरीप्रसाद सुवेदी, गोपिमान श्रेष्ठ, इन्द्रप्रसाद पौडेल, प्रेमराज अधिकारी, हर्कबहादुर गोदार र गणेशबहादुर कार्की छन् । सोही समारोहमा अक्षयकोष दाता हरिप्रसाद फुयाँल र भगवती फुयाँललाइ पनि सम्मान गरिएको छ । फुयाँल दम्पतीले आफ्ना बाबुआमाको स्मृतिमा ५१ हजारको अक्षयकोष स्थापना गरेका थिए ।
समाजले बुधबार वार्षिक मुखपत्र ज्येष्ठ नागरिक आवाज पनि विमोचन गरेको छ । संस्थाको आठौं साधारणसभाले सचिव इच्छाबहादुर वाग्लेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष रामप्रसाद भण्डारीको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ ।
Related News
सम्बन्धित समाचार
बिएण्डसी टिचिङ हस्पिटललाई सम्बन्ध दिने तयारी
गृहमन्त्रीको नेतृत्वमा चन्द समूहसँग वार्ता टोली गठन
विप्लव समूहसँग वार्ताको तयारी
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
आवश्यक परे प्रदेशको नाम फेर्न सकिन्छ : सभामुख अधिकारी
hero news full width
मुख्य समाचार
आँखा उपचारमा अब्बल पाेखराकाे हिमालय आँखा अस्पताल
फेवातालको विवरण पहिलोपल्ट राजपत्रमा, माटो निकाल्ने कार्य सुरु
फागुन १८, २०७७प्रदेश सरकार भूमिहीन, संघको जग्गामा पहिलाे भवन शिलान्यास
फागुन १८, २०७७कारागारमा कुटपिटपछि २५ कैदी रातारात सारियाे
फागुन १७, २०७७प्रधानमन्त्री ओलीलाई सुरक्षा थ्रेट !
फागुन १७, २०७७बेवारिसेका अभिभावक विद्यालय
फागुन १७, २०७७