भर्चुअलमार्फत नाटक महोत्सव

आदर्श समाज सम्वाददाता
माघ ६, २०७७
Natak Photo

पोखरा। पोखरा थिएटरको आयोजनामा पोखरामा गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव–२०७७ आयोजना हुने भएको छ ।

गत वर्ष महानगरपालिकास्तरीय नाटक महोत्सव गरेको थिएटरले यो वर्ष प्रदेशका ११ वटै जिल्लाका विद्यालय समेटेर प्रदेशस्तरको महोत्सव गर्न लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा महोत्सवका निर्देशक परिवर्तनले जानकारी दिए ।

कोरोना महामारी कारण बन्द रहेका गन्धर्व नाटकघर चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको उनको भनाइ छ । ‘कोरोनाको कारण हामीले नाटकघर बन्द गरेर राखेका थियौं,’ उनले भने, ‘सबै क्षेत्र लगभग खुलेको अवस्थामा नाटकघर पनि खुलाउन लागिएको हो ।’

कोरोनाको सन्त्रास अझै रहेको कारण महोत्सवमा आवेदन आह्वान, छनोट लगायतका कार्य भर्चुअलमार्फत गरिनेछ । उत्कृष्ट ४ नाटकलाई पुरस्कृत गर्नुका साथै पोखरा थियटरको गन्धर्व नाटकघरमा मञ्चन एवं युट्व च्यानलमा राख्ने व्यवस्था मिलाइएको परिवर्तनले बताए । महोत्सवमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोग रहने छ ।

प्रतियोगीले अनलाइनमार्फत भिडियो अपलोड गर्न सक्नेछन् । भिडियो अपलोडका लागि थिएटरको वेवसाइट गएर गुगल फर्म भर्न सकिने व्यवस्था मिलाइएको छ । महोत्सवमा एकल भिडियो नाटकबीच प्रतिस्पर्धा हुनेछ ।

प्रदेशभरका विद्यालयका कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीले प्रतियोगितामा कम्तीमा १० मिनेट र बढीमा १५ मिनेटको भिडियो सहित सहभागिता जनाउन सक्ने छन् । भिडियो पठाउने अवधि माघ २८ सम्म तोकिएको छ ।

उत्कृष्ट भिडियो छनोटका लागि प्रकाश घिमिरेको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको जनाइयो । महोत्सवमा प्रथमले ५० हजार, दोस्रोले २५ हजार, तेस्रोले १२ हजार ५ सय र सान्त्वनाले ५ हजारसहित प्रमाणपत्र पुरस्कार पाउनेछन् । उनीहरुलाई नाटकघरको तेस्रो वार्षिकोत्सव अवसरमा फागुन २ गते पुरस्कृत गरिने महोत्सव संयोजक परिवर्तनले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • २८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’

    आदर्श समाज सम्वाददाता वैशाख २१, २०८१
    पोखरा । कमेडी नेपाली फिल्म ‘खजुरे ब्रो’ यही २८ वैशाखदेखि प्रदर्शनमा आउँदैछ । सुरज सुनुवार निर्देशित यो फिल्मको प्रचारका लागि…
  • स्मृतिहरु नै बेचिन थालेपछि…

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । ‘म गीता छोएर भन्न सक्छु, सम्झना भन्ने केटीसित मेरो जीवनकालमा कतै भेट भएकै छैन,’ नाटकको मुख्यपात्र (लक्ष्मण डुम्रे)…
  • ‘मनसरा’ बाट आशावादी मिरुना

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित…
  • पाइन खबर साँझमा हरिदेवीका गीत

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  ‘घरको मालिक परदेशमा गएको,                धेरै भयो केही खबर नपाको    …
  • अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र…

hero news full width