पेट्रोल, डिजेल र मट्टितेलमा २/२ रुपैयाँ बढ्याे

आदर्श समाज सम्वाददाता
माघ ६, २०७७
petrol

काठमाडौं ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आज (सोमबार) राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको हो।

निगमले सार्वजनिक गरेको सूचनाअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा २–२ रुपैयाँले मूल्य वृद्धि गरिएको छ।

नयाँ सूचीअनुसार अब पेट्रोलको प्रतिलिटर मूल्य ११० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको ९३ रुपैयाँ पुगेको छ।
खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ।

मूल्य समायोजनपश्चात् पनि पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ३४ पैसा, डिजेलमा २ रुपैयाँ ९६ पैसा र खाना पकाउने एलपजी ग्यासमा प्रतिसिलिन्डर १३४ रुपैयाँ ७२ पैसा घाटा रहेको निगमले जानकारी दिएको छ।

निगमले स्वचालित मूल्य प्रणालीअनुसार इन्धनको मूल्य समायोजन गर्दै आएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width