किशोरीलाई व्यावहारिक शिक्षा

Avatar आदर्श समाज सम्वाददाता
माघ ५, २०७७
kidisha

पोखरा । पोखरा महानगरपालिकाभित्र रहेका २४ सुकुम्बासी वस्तीमा पोखरा उद्योग वाणिज्य संघ र किड्शा नेपालको संयुक्त आयोजना र आर्थिक लगानीमा व्यवहारीक शिक्षा सञ्चालन गरिएको छ ।

विद्यालय नगएका, आर्थिक स्थिति कमजोर भएका तर केही ज्ञान सिकेर आफ्नो जीविकोपार्जन गर्र्न चाहने १५ वर्ष १८ वर्षसम्मका किशोरीलाई निशुल्क

व्यावहारिक शिक्षा दिई उनीहरुको जीवनमा टेवा पुग्ने पोखरा उद्योग वाणिज्य संघ बालआश्रम न्यूनीकरण संयोजक प्रीति पाण्डेले बताइन् ।

व्यावहारिक शिक्षाबाट २ सय ५५ जना किशोरीहरुले लाभ लिइरहेको किड्शा नेपालका संयोजक सचिन शाक्यले बताए ।

व्यावहारिक शिक्षालाई प्रभावकारी र जीवनउपयोगी बनाउन सो कार्यक्रम ८ महिनासम्म सञ्चालन गरिने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads