महिला पर्यटन व्यवसायी मञ्चद्वारा बैदाम इन्चार्ज तामाङको स्वागत

आदर्श समाज सम्वाददाता
माघ ५, २०७७
news WOTEF

पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले वडा प्रहरी कार्यालय वैदामकी इञ्चार्ज प्रहरी नायव उपरीक्षक चिनिमाया तामाङलाई स्वागत गरेको छ ।

मञ्च अध्यक्ष पार्वती पाण्डेले वडा प्रहरी कार्यालयले पहिलो पल्ट महिला इञ्चार्ज पाएको उल्लेख गर्दै यस क्षेत्रको शान्तिसुरक्षा र अमनचयन हुनेमा विश्वास व्यक्त गरिन् ।

प्रहरी नायव उपरीक्षक तामाङले स्वागत सम्मानले आफूलालाई अझै बढी जिम्मवार बनाएको बताइन् । आफ्नो क्षेत्राधिकारभित्र रहेर शान्तिसुरक्षामा जोड दिदै अपराध न्यूनीकरणका लागि पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरिन् ।

आफू आएदेखि चोरी डकैतीका केस अलि बढी आएको जनाउँदै सबै व्यवसायीलाई सिसी टिभी क्यामरा राख्नसमेत आग्रह गरिन् ।

उनले भनिन्, ‘नेपाल प्रहरीले सीमित स्रोतसाधनबाट अपराध अनुसन्धानमा काम गरिरहेको छ, कतिपय घटनाको अनुसन्धान निकै जटिल हुने गर्छ, सिसि टिभी राख्नुभयो भने अपराध अनुसन्धानमा सहयोग पुग्छ ।

कार्यक्रम मञ्चका संस्थापक अध्यक्ष जमुना पराजुली, उपाध्यक्ष उमा भण्डारी, सचिव ममता न्यौपाने, लगायतले लेकसाइडका विभिन्न ठाउँमा हुने गरेका अवाञ्छित गतिविधिले व्यवसायीलाई असर गरेको जनाउँदै समाधानका लागि प्रहरी प्रशासनको सक्रियता बढाउन आग्रह गरे ।

लेकसाइडमा राती ‘मोडिफाइ’ गरेका मोटरसाइकलका आवाज र डान्स डिस्कोवारका ध्वनी प्रदुषणसँगै लागु औषध, मादक पदार्थ सेवन गरे मध्यरातमा होहल्ला गर्ने र चोरी डकैती समेत बढ्दै गएकाले पर्यटकीय क्षेत्रको शान्तिसुरक्षा र पर्यटनमैत्री वातावरणका लागि प्रहरी प्रशासनले विशेष ध्यान दिनुपर्ने उनीहरुको भनाइ थियो ।

Related News

सम्बन्धित समाचार

  • किशोरीका लागि सीपमूलक शिक्षा

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालय तथा दीपशिखा बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा किशोरीहरूका लागि २ दिने…
  • हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल   

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पर्वत ।  पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाउनुभएको छ । दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४…
  • छोरीलाई स्वावलम्बी बनाउन बागलुङ ‘नगरकी छोरी’ कार्यक्रम   

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    बलेवा (बागलुङ) ।  छोरीहरूको संरक्षण, छोरीलाई गरिने विभेदको अन्त्य, बालविवाहको उन्मूलनसहित छोरीलाई शिक्षित र स्वावलम्बी बनाउने उद्देश्यले बागलुङ नगरपालिकाले ‘नगरकी…
  • नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू   

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    गलकोट (बागलुङ) । बागलुङका आमाहरूले नौमती बाजा बजाउन तालिम लिइरहेका छन् । यहाँका १२ जना महिलाले नौमती बाजा बजाउन एकमहिने…
  • जनजागृति आमा समूहमा शान्ति

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । जनजागृति आमा समूह, पोखरा १९ पुरूञ्चौरको २७ औं वार्षिकोत्सव तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न…

hero news full width