पोखराका विमल कार्की, जो विराटनगर पुगेर ठगिए

आदर्श समाज सम्वाददाता
माघ ३, २०७७
anup Dhakal – Biratnagar Police 1

विमलका सामान चाेरेर भाग्ने अनुप ढकाल र सारांश भट्टराई माेरङ प्रहरी कार्यालयमा

पोखरा । पोखरा २० भलामका विमल कार्की योर डिजिटल फोटो गुड्स सेन्टर सञ्चालन गर्छन् । २८ वर्षे कार्कीलाई विराटनगरबाट फोन आयो, विराटनगरमा भव्य फेसन सो हुँदैछ, फोटो खिच्न आइदिनुपर्‍यो भनेर । त्यति टाढाबाट पनि कामका लागि फोन आयो भनेर उनी मख्ख परे ।

अझ पुस २४ गते इसेवामार्फत् ४ हजार रुपैयाँ पेस्कीसमेत आयो । त्यति भइपछि सामान प्याक गरेर विराटनगर लागे विमल कार्की । २५ गते विराटनगर पुगेका उनलाई मोरङको बुढीगंगा गाउँपालिका १ स्थित आरएन होटेल एन्ड लजमा बस्ने प्रबन्ध गरिएको थियो ।

त्यहि होटलको १ सय १४ नम्बर कोठामा फोटोग्राफीका सबै सामान राख्न लगाएर आयोजक टिमले उनलाई खाना खुवाउन भन्दै लग्यो । खाना खुवाउन लगिएको ठाउँ थियो सुनसरीको इटहरीस्थित प्राइम होटलमा ।

विमललाई फोन गरेर बोलाउने व्यक्ति थिए झापाको अर्जुनधारा नगरपालिका ६, महानन्द चोकका २० वर्षे अनुप ढकाल । प्राइम होटेलमा विमललाई अनुपले नै लगेका थिए ।

अनुपले विमललाई खाना खाने ठाउँमै टाप कसे । अनि आरएन होटेलमा विमलले राखेका फोटोग्राफीका सबै सामान उठाएर अनुप फरार भए । टन्न पैसा कमाउँला र विराटनगरतिर पनि घुमौंला भनेर उता पुगेका विमल बल्ल छाँगाबाट खसेजस्तै भए ।

अनि बल्ल विमलले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरे । विराटनगर र मोरङका कुनै ठाउँमा फेसन सो को कार्यक्रम राखिएकै थिएन । ठगी गर्नकै लागि विमललाई अनुपले पोखराबाट बोलाएका थिए । फोन नम्बर र अरु गतिविधिका आधारमा मोरङ प्रहरीले माघ १ गते अनुप ढकाललाई पक्राउ गरेको छ । उनलाई साथ दिने झापाकै २० वर्षे सारांश भट्टराई पनि पक्राउ परेका छन् ।

विमलका चोरिएका सबै सामान पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपपी मानबहादुर राईले जानकारी दिए ।

वरामद सामग्री
१. क्यामरा लाइट ब्याट्री ५ थान

२. चार्ज गर्न मिल्ने ब्याट्री ६ सेट

३. मेमोरी कार्ड ६ थान

४. ड्रोन १ थान

५. क्यामरा ब्याट्री ६ थान

६. रिफ्लेक्टर १ थान

७. माइक २ थान

८. पावर बैंक ३ थान

९. ट्रिगर २ थान

१०. ब्याट्री चार्जर ६ थान

११. ल्याप टप १ थान

१२. झोला ७ थान

१३. क्यामरा ३ थान

विमलका सामान चाेरेर भाग्ने अनुप ढकाल र सारांश भट्टराई माेरङ प्रहरी कार्यालयमा १४. लाइट १ थान

Related News

सम्बन्धित समाचार

hero news full width