निर्माण व्यवसायी संघ कास्कीकाे स्थापना दिवसमा रक्तदान

आदर्श समाज सम्वाददाता
माघ १, २०७७
blood donation (1)

पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीले आफ्नो ३४ औं स्थापना दिवस अवसरमा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ३५ जनाले रक्तदान गरेको जानकारी संघका सचिव सुवर्ण श्रेष्ठले जानकारी दिए ।

बुधबार संघको परिसर राष्ट्र बैंकचोकमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल निर्माण व्यवसायी महासंघका मानार्थ सदस्य शिवशंकर गौचनले मुलुकको राजनीतिक परिवर्तन जे जस्तो भए पनि निर्माण व्यवसायीहरु राजनीतिक रुपमा नलागी व्यवसायीको हकहितको पक्षमा लाग्नुपर्नेमा जोड दिए ।

उनले संघले विगतदेखि निरन्तरता दिएको यसप्रकारको सामाजिक कार्यलाई आगामी दिनमा पनि गर्दै जानुपर्ने सुझाव दिए ।

संघ अध्यक्ष सुरेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष रामराज अधिकारी, सञ्चालन सचिव सुवर्ण श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width