पोखरा । सगरमाथा साहित्य प्रतिष्ठान नेपालले आयोजना गरेको विश्वव्यापी नेपाली कविता प्रतियोगितामा सर्वोत्कृष्टलाई पुरस्कार प्रदान गरेको छ ।
प्रतियोगितामा सर्वोत्कृष्ट हुन सफल रौतहटका कवि मनोज विश्वकर्मालाई ५५ हजार ५ सय ५५ रुपैयाँसहित उत्कृष्ट १० जनालाई उत्कृष्टताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
सो अवसरमा डा योगी विकाशानन्द, प्राज्ञ हरिदेवी कोइराला र विम्बकवि रमेश श्रेष्ठले प्रतियोगितामा छनोट कविताको संग्रह ‘कविताहरुको सगरमाथा’ पुस्तकको संयुक्त विमोचन गरे ।
प्रतिष्ठानको गण्डकी शाखाको आयोजनामा पोखरामा भएको कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष अमन एकल, महासचिव शाश्वत गोविन्द ढुंगाना, संस्थापक जिपी तिवारी, कार्यक्रम संयोजक एवं प्रतिष्ठानका केन्द्रीय सचिव अजित क्षत्रीलगायतले बोलेका थिए ।
प्रतिष्ठान गण्डकी शाखा अध्यक्ष शम्भु अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष छन्दिका त्रिपाठी र सञ्चालन सचिव लीली अधिकारीले गरेका थिए ।
कार्यक्रममा कास्की, तनहुँ, स्याङ्जा, पर्वत, पाल्पा, अर्घाखाँची, लमजुङ, बाँके, चितवन, नवलपरासी, झापालगायत जिल्लाका २० बढी साहित्यिक संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।
प्रतिष्ठान नेपालको केन्द्रीय कार्यालय संयुक्त अरब इमिरेट्समा छ । २०६९ सालमा स्थापित सो संस्थाका केन्द्रीय अध्यक्ष कृष्ण विश्वकर्मा हुन् ।
संस्थाले केही वर्षयता वर्सेनि विभिन्न विधामा अन्तर्राष्ट्रिय प्रतियोगिता र पुस्तक प्रकाशन गर्दै आएको केन्द्रीय सचिव क्षत्रीले बताए ।
Related News
सम्बन्धित समाचार
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१