लेखनाथ । त्रिवेणी इन्टरनेसनल कलेज, तालचोकको पाँचौं साधारण सभा तथा दोस्रो अधिवेशनबाट निर्वाचित सञ्चालक समितिको सोमबार पदस्थापन भएको छ ।
गत पुस १८ मा भएको अधिवेशनले सुमन भट्टराईको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको थियो ।
समिति सदस्यमा बलराम ढकाल, भरतकुमार अधिकारी, हरिबहादुर बुढाथोकी, विनोद लामिछाने, शान्तिदेवी खनाल, सोमनाथ बास्तोला र निर्देशक मधुसुदन सापकोटा छन् ।
सल्लाहकार लोकराज ढकाल, रमेश ओझा, विष्णुप्रसाद बराल र राजेन्द्रमणि चयन भए । निवर्तमान अध्यक्ष बाबुराम गिरीले नवनिर्वाचित अध्यक्ष भट्टराईलाई संस्थाको माइन्युट हस्तान्तरण गरी पदस्थापन गराएका हुन् ।
अध्यक्ष भट्टराईले गुणस्तरीय शिक्षाको लागि अथक प्रयास गर्दै विद्यार्थी, प्राध्यापक, बोर्ड सदस्य र सञ्चालकको सहकार्यमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष बाबुराम गिरी, संस्थापक अध्यक्ष राजेन्द्रमणि लामिछाने, पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा इन्द्रप्रसाद तिवारी, विद्यार्थी कल्याणकारी समिति अध्यक्ष मञ्जु कँडेललगायतले कलेजले शैक्षिक गुणस्तरमापनमा नयाँ फड्को मार्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।
कलेज अध्यक्ष सुमनमोहन भटृराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख यदुनाथ आचार्यले स्वागत र सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेलले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
माछापुच्छ्रे मावि व्यवस्थापनमा बमबहादुर
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव
माछापुच्छ्रे माविलाई बस सहयोग
hero news full width
मुख्य समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१