हेमजा । ढिकुरपोखरी समाज पोखराको १३ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले बाबुराम भण्डारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
समिति उपाध्यक्षमा सोमनाथ पौडेल, सचिव लक्ष्मी अधिकारी, सहसचिव बाबुराम अधिकारी र कोषाध्यक्ष लोकनाथ भण्डारी चयन भए ।
सदस्यमा चन्द्रावती गैरे, सरस्वती दाहाल, रमा पौडेल, गणेश गिरी, गणेश परियार, गणेशप्रसाद अधिकारी, कृष्णप्रसाद दाहाल, गमबहादुर कँवर र विष्णुहरि भुँगाई छन् ।
यस्तै, वामदेव पौडेलको संयोजकत्वमा ओमप्रसाद पौडेल र गायत्री अधिकारी सदस्य रहेको न्यायिक समिति पनि गठन गरिएको छ ।
समाजका पूर्वअध्यक्ष लालबहादुर कुँवरको संयोजकत्व गठित निर्वाचनमण्डलले नयाँ कार्यसमिति चयन गरेको हो । सदस्यमा अन्नपूर्ण सहकारीका अध्यक्ष इन्द्रप्रसाद पौडेल र समाजका पूर्वअध्यक्ष आशबहादुर गुरुङ सदस्य थिए।
प्रमुख अतिथि संस्था सल्लाहकार कुलबहादुर गुरुङ ‘कुलु’ले समाज एकताको प्रतीक भएको चर्चा गर्दै भातृत्व विकास गर्नुपर्नेमा जोड दिए । उनले समाजद्वारा स्थापित अक्षयकोषको सदुपयोग हुनुपर्ने बताए ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष रामचन्द्र पौडेल, अन्नपूर्ण बचत तथा ऋण सहकारीका अध्यक्ष इन्द्रप्रसाद पौडेल, समाजका अध्यक्ष विष्णुप्रसाद अधिकारी, अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी, थाहा फाउन्डेसन कास्की अध्यक्ष सरु दाहाल, पाउँदुरकोट आधारभूत विद्यालयका प्रअ नेत्रप्रसाद सुवेदी, दिगो महिला विकास बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष निर्मला अधिकारी, आजीवन सदस्य कृष्ण भण्डारी र सीता भण्डारीलगायतले समाजलाई नमुना बनाउन अक्षयकोष रकमको सदुपयोग गर्नुपर्ने, समाजको भवन निर्माणमा सोच्नुपर्नेलगायतमा जोड दिए ।
कार्यक्रमबीच सचिव सोमनाथ पौडेलद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष बाबुराम अधिकारीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन छलफलसहित अनुमोदन भएको छ ।
यस्तै, आदर्श समाजकर्मी श्रीभद्र पौडेललाई संस्थाले सम्मान गरेको छ । पत्रकारितामार्फत समग्र कास्की जिल्लाको विकासमा योगदान पु¥याएकोमा उनलाई सम्मान गरिएको हो ।
संस्थाका अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बाबुराम भण्डारीले स्वागत र सचिव सोमनाथ पौडेलले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
बिट बनाएर प्रहरीलाई हस्तान्तरण
सिटिजन जुरी थप ७ जिल्लामा विस्तार हुने
सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
इजलास छैन श्रीमानलाई
जिल्ला समन्वय समिति : संविधानले चिन्यो, व्यवहारले चिनेन
hero news full width
मुख्य समाचार
भुवनेश्वर तिवारी, राजेन्द्रबाबु रेग्मीसहित १६ डिएसपी एसपी बढुवा सिफारिस – सूचीसहित
पर्वतको पाङमा रहेको पार्वती गुफामा पूर्वाधार निर्माण सुरु
माघ १२, २०७७पोखरामा प्रथम टाइगर कप भलिबल प्रतियोगिता हुने
माघ १२, २०७७भाडाका घरमा गाउँका ‘सिंहदरबार’
माघ १२, २०७७गण्डकीमा आयो कोरोना खोप
माघ १२, २०७७नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
माघ ११, २०७७