सांकेतिक तस्बिर
स्याङ्जा । बुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा एक ससुरा बिहीबार साँझ पक्राउ परेका छन् । विगत ४ वर्षदेखि विभिन्न डर, धम्की देखाउँदै जबरजस्ती करणी गर्दे आएको बुहारीको उजुरीमा उल्लेख छ ।
पटकपटक जबरजस्ती करणी गरेको भन्दै २१ वर्षीय बुहारीले दिएको उजुरीका आधारमा आरोपित ६० ससुरालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।
आरोपितलाई उनकै घरबाट पक्राउ गरेरी जवरजस्ती करणी मुद्दामा अनुसन्धान थालिएको छ ।
गोपनीयताका कारण ससुराको परिचय भने खुलाइएको छैन ।
आरोपितलाई शुक्रवार अदालतवाट ५ दिनको म्याद थप भई अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।