भलिबल टिम कप्तान अरुणालाई सहयोग

आदर्श समाज संवाददाता
पौष २४, २०७७
aruna

पोखरा । १७ औं पल्सर स्पोर्टस् अवार्डको पिपल्स च्वाइस विधामा मनोनीत नेपाल भलिबल टिम कप्तान अरुणा शाहीलाई जिताउन भूतपूर्व खेलाडी मञ्च नेपालले १० हजार रुपैयाँ सहयोग गरेको छ ।

मञ्च अध्यक्ष तेज गुरुङले अरुणालाई नगद हस्तान्तरण गर्दै प्रेरणाले सबै युवा खेलाडीमा उत्साह प्राप्त हुने विश्वास व्यक्त गरे ।

मञ्च संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटले अरुणाको लगनशीलता र अनुशासनकै कारण उपलब्धि हासिल गरेको बताउँदै त्यसलाई जीवन्त राख्न आग्रह गरे ।

कप्तान अरुणा शाहीले सबैको माया र सद्भावले आफूले खेल क्षेत्रमा उपलब्धि हासिल गरेको बताउँदै यसलाई सधँै कायम राख्ने बताइन् ।

मञ्च अध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महासचिब खेमबहादुर गुरुङ, सचित्र कृष्ण तिमिल्सिना, सहकोषाध्यक्ष महेश पौडेललगायतले अरुणालाई सफलताको शुभकामना दिए ।

उनलाई जिताउन एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको फेसबुक पेजमा फोटो लाइक वा ई–सेवामार्फत भोटिङ गर्न सकिने व्यवस्था छ ।

नेपाल खेलकुद पत्रकार मञ्चले आगामी पुस २८ मा काठमाडौंमा सो अवार्ड समारोह गर्दैछ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै